इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात « Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात


६ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार सुरुवात गरेको छ ।

लन्डनस्थित एमिरेट्स स्टेडियममा आज बिहान सम्पन्न खेलमा नवप्रवेशी कोभेन्ट्री सिटीलाई ३–० गोलले हराउँदै आर्सनलले सहज जित निकालेको हो ।

आर्सनलका लागि काइ हाभर्ट्ज, बुकायो साका र मार्टिन ओडेगार्डले गोल गरेका थिए । खेलको १५औँ मिनेटमा हाभर्ट्जले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै, २३औँ मिनेटमा बुकायो साकाले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । त्यसपछि ४९औँ मिनेटमा ओडेगार्डले गरेको गोलसँगै आर्सनल ३–० गोलले विजयी भयो ।

यो जितसँगै आर्सनलले नयाँ सिजनको पहिलो खेलबाट महत्वपूर्ण तीन अंक जोडेको छ । कोभेन्ट्री सिटीले भने हारबाट लिगको सुरुवात गरेको छ ।

प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार  ७ : ५५ बजे

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको

अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका-२ स्थित