बालबालिका बेचबिखनको स्थिति अझै भयावह- आयोग « Khabarhub

बालबालिका बेचबिखनको स्थिति अझै भयावह- आयोग


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले नेपालमा अझै बालबालिका बेचबिखनको स्थिति भयावह रहेको बताएकी छिन् ।

काठमाडौंमा भएको ‘नेपालमा बाल अधिकारको वर्तमान अवस्था’ विषयक छलफल कार्यक्रममा आयोगकी सदस्य अन्सारीले देशमा बालबालिकाको क्षेत्रमा काम गर्ने २५ संस्था सक्रिय भएपनि यी बेचबिखनमा परेका बालबालिकाका अवस्था अझै पत्ता नलागेको बताइन् ।

उनले भनिन्, “आज राजनीतिक दलका नेताले केही बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । अब यी बालबालिकाको भविष्य कस्तो रहन्छ भन्ने जिज्ञासा सबैमा परेको छ ।”

आयोगका उपनिर्देशक मञ्जु खतिवडाले समाजमा हाल पनि बालविवाह, बालश्रम र बालदुराचारको अवस्था उस्तै रहेकामा त्यसप्रति विचार गर्न आग्रह गरिन् । उनले मुलुकका कैयौं स्थानमा बालश्रम र बालविवाहको अवस्था परिवर्तन नभएकामा त्यसको सुधारको खाँचो रहेको औल्याइन्।

क्षमता रोजगारी र जनचेतनाको विषयमा काम गर्ने सामाजिक संस्थाका सभापति साजिदा खातुन सिद्धिकीउले राज्यले बालबालिकाको गुणात्मक शिक्षामा केन्द्रित हुनुपर्ने धारणा राखेकी थिइन् ।

अधिवक्ता बालमाया विश्वकर्माले हाडनाता र जबर्जस्तीकरणीमा परेर जन्मेका बालबालिकाले अझै पनि नागरिकता निकाल्न नपाएको गुनासो गरिन् ।  संस्थाका प्रबन्धक कविताराज शाहले सामाजिक सञ्जालको शोषणमा बालिकाको तुलनामा बढी बालक शिकार हुन बाध्य भएको बताए ।

राष्ट्रिय बाल अधिकार परिषद्का कार्यक्रम व्यवस्थापक नमूना भुसालले वैदेशिक रोजगारीका कारण आमाबाबुबीच मनमुटाव भएर सम्बन्धविच्छेद भएका कारण बढी जसो बालबालिका सडकमा आइपुगेको बताए ।

सरकारले १ हजार १ सय ६६ बालबालिकालाई पारिवारिक पुनस्थापना गरी २ सय ६२ लाई हाल संस्थागत रुपमा आश्रय दिएर राखेको छ । १८ वर्ष मुनिका ४० जना बालिकालाई परिषद्ले केही समय पहिला उद्धार गरेको भुसालले जानकारी दिइन्।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ६ : ४८ बजे

सक्कली बिल लिएर लखपति बन्ने अवसर: सरकारले ल्यायो दैनिक १ लाख पुरस्कार जित्ने योजना

काठमाडौँ – सरकारले सर्वसाधारणलाई मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी

मनसुन सक्रिय भएसँगै देशभर झाडापखालाका बिरामी बढे, उपत्यकामा हैजाको जोखिम उच्च

काठमाडौँ – मनसुन सक्रिय भएसँगै देशभर लगातार भइरहेको वर्षाका कारण

बाँकेको जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगञ्ज– बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु

अत्यावश्यक औषधि उत्पादनको समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच

एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

काठमाडौँ– विद्युत विकास विभागले आर्थिक वर्ष २०८२–८३ मा जलविद्युत्तर्फ ९९