बालबालिका बेचबिखनको स्थिति अझै भयावह- आयोग « Khabarhub

बालबालिका बेचबिखनको स्थिति अझै भयावह- आयोग


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले नेपालमा अझै बालबालिका बेचबिखनको स्थिति भयावह रहेको बताएकी छिन् ।

काठमाडौंमा भएको ‘नेपालमा बाल अधिकारको वर्तमान अवस्था’ विषयक छलफल कार्यक्रममा आयोगकी सदस्य अन्सारीले देशमा बालबालिकाको क्षेत्रमा काम गर्ने २५ संस्था सक्रिय भएपनि यी बेचबिखनमा परेका बालबालिकाका अवस्था अझै पत्ता नलागेको बताइन् ।

उनले भनिन्, “आज राजनीतिक दलका नेताले केही बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । अब यी बालबालिकाको भविष्य कस्तो रहन्छ भन्ने जिज्ञासा सबैमा परेको छ ।”

आयोगका उपनिर्देशक मञ्जु खतिवडाले समाजमा हाल पनि बालविवाह, बालश्रम र बालदुराचारको अवस्था उस्तै रहेकामा त्यसप्रति विचार गर्न आग्रह गरिन् । उनले मुलुकका कैयौं स्थानमा बालश्रम र बालविवाहको अवस्था परिवर्तन नभएकामा त्यसको सुधारको खाँचो रहेको औल्याइन्।

क्षमता रोजगारी र जनचेतनाको विषयमा काम गर्ने सामाजिक संस्थाका सभापति साजिदा खातुन सिद्धिकीउले राज्यले बालबालिकाको गुणात्मक शिक्षामा केन्द्रित हुनुपर्ने धारणा राखेकी थिइन् ।

अधिवक्ता बालमाया विश्वकर्माले हाडनाता र जबर्जस्तीकरणीमा परेर जन्मेका बालबालिकाले अझै पनि नागरिकता निकाल्न नपाएको गुनासो गरिन् ।  संस्थाका प्रबन्धक कविताराज शाहले सामाजिक सञ्जालको शोषणमा बालिकाको तुलनामा बढी बालक शिकार हुन बाध्य भएको बताए ।

राष्ट्रिय बाल अधिकार परिषद्का कार्यक्रम व्यवस्थापक नमूना भुसालले वैदेशिक रोजगारीका कारण आमाबाबुबीच मनमुटाव भएर सम्बन्धविच्छेद भएका कारण बढी जसो बालबालिका सडकमा आइपुगेको बताए ।

सरकारले १ हजार १ सय ६६ बालबालिकालाई पारिवारिक पुनस्थापना गरी २ सय ६२ लाई हाल संस्थागत रुपमा आश्रय दिएर राखेको छ । १८ वर्ष मुनिका ४० जना बालिकालाई परिषद्ले केही समय पहिला उद्धार गरेको भुसालले जानकारी दिइन्।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ६ : ४८ बजे

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई