स्वास्थ्यचौकी सारिएपछि रुकुमकोटका स्थानीयबाट विरोध  « Khabarhub

स्वास्थ्यचौकी सारिएपछि रुकुमकोटका स्थानीयबाट विरोध 


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुम (पूर्व) सिस्ने गाउँपालिका–५ मा रहेको स्वास्थ्यचौकी सिस्ने गाउँपालिका–६ मा सारिएको भन्दै रुकुमकोटमा विरोध शुरु भएको छ । लामो समयदेखि वडा नं ५ मा रहेको स्वास्थ्यचौकी वडा नं ६ को ढकालबारामा सारेपछि विरोध सुरु भएको हो ।

आफ्नो घरदैलोमा रहेको स्वास्थयचौकी अरू कसैलाई थाहा नदिएर अर्को वडामा सारेपछि विरोध गर्नुपर्ने स्थिति सिर्जना भएको सिस्ने गाउँपालिका–५ का वडा सदस्य फलेन्द्र आचार्यले बताए ।

उनले स्वास्थ्यचौकी जस्तो संवेदनशील क्षेत्र अन्यत्र सार्दासम्म पनि सिस्ने गाउँपालिकाले आफू तथा वडावासीलाई जानकारीसमेत नगराएको आरोप लगाए ।

स्वास्थ्यचौकी वडा नं ५ का ह्याप्ला, चोताबारी, रुमालबारा तथा अन्य कुनै ठाउँमा सार्ने सिस्ने गाउँपालिकाको निर्णय एकलौटी भएको र त्यो निर्णयप्रति आफूलगायत ५ नं वडावासीको गम्भीर आपत्ति रहेको उनको भनाइ छ ।

प्रत्येक स्थानीय तहका हरेक वडामा एउटा स्वास्थयचौकी राख्नुपर्ने नेपाल सरकारको कार्यक्रम रहेको अवस्थामा वडा नं ६ मा नयाँ स्वास्थ्यचौकी माग गर्नुको साटो स्थानीय तहका रुपमा रहेको सिस्ने गाउँपालिकाले वडा नं ५ मा रहेको स्वास्थ्यचौकी वडा नं ६ मा सारेर गल्ती गरेको आरोप उनले लगाए ।

यता सिस्ने गाउँपालिकाले भने सार्नै पर्ने बाध्यता भएर स्वास्थ्यचौकी सारेको जनाएको छ । हाल स्वास्थ्यचौकी रुकुमकोट बसेको ठाउँमा जिल्ला अस्पताल बस्ने भएकाले कार्यपालिकाको निर्णयअनुसार नै जनताको चाहना र आवश्यकताका आधारमा स्वाथ्यचौकी वडा नं ६ को ढकालबारामा सारिएको सिस्ने गाउँपालिका उपाध्यक्ष गोवर्द्धन बुढाले जानकारी दिए ।

उनले वडा नं ५ मा जिल्ला अस्पताल औपचारिक ढङ्गले विधिगत रुपमा स्थापना हुने भएपछि ५ मा भएको स्वास्थ्यचौकी ६ मा सारिएको स्पष्ट पारे । वडा नं ५ को स्वास्थ्यचौकी वडा नं ६ मा सारिए पनि वडा नं ५ को रुमालबारामा छिट्टै एउटा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिने उपाध्यक्ष बुढाले बताए ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ९ : ३० बजे

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति

काँक्रेविहार– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक