तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू « Khabarhub

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन सांसदलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको छ। उक्त पत्र उपसभामुख अप्सरा चापागाईंले दर्ता गरेर प्रक्रिया अघि बढाउन निर्देशन दिएकी छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार बागमती प्रदेशसभाका सभामुखलाई पत्र पठाउँदै सांसदहरू राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिलाई पदमुक्त गरी उनीहरूको पद रिक्त गराउन अनुरोध गरेका थिए ।

पार्टीको पटकपटकको निर्देशन उल्लंघन गर्दै केन्द्रीय कार्यसम्पादन समितिको निर्णय र निर्देशनबिना सरकारलाई समर्थन गरेको तथा सरकारमा सहभागी भएको भन्दै उनीहरूमाथि कारबाही गरिएको राप्रपाले जनाएको छ।

राप्रपाले पार्टी विधानको दफा ३०(४) बमोजिम अनुशासन समितिको सिफारिस तथा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयका आधारमा तीनै जनालाई प्रदेशसभा सदस्य पदबाट हटाउने निर्णय भएको पत्रमा उल्लेख गरेको छ।

पत्रसँगै राप्रपाले कारबाहीसम्बन्धी विभिन्न कागजातसमेत प्रदेशसभा सचिवालयमा पठाएको छ। ती कागजातमा केन्द्रीय कार्यसम्पादन समितिको साउन २० गतेको निर्णय, साउन २१ गतेको बागमती प्रदेशसभा संसदीय दलको निर्णय, भदौ १ गते संसदीय दललाई पार्टीले दिएको निर्देशन, सोही दिनको संसदीय दलको निर्णय, अनुशासन समितिले मागेको स्पष्टीकरण तथा समितिको सिफारिस समावेश छन्।

उक्त पत्रको प्रक्रिया अघि बढाउन निर्देशनसहित उपसभामुख चापागाईंले भनेकी छन्, ‘नेपालको संविधान र अन्य कानुनसमेत अध्ययन गरी नियमानुसार पेश गर्नू ।’

त्यस्तै, भदौ ३ गते बागमती प्रदेश प्रमुखलाई पठाइएको पत्र र भदौ ४ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयसमेत संलग्न गरिएको राप्रपाले जनाएको छ।

राप्रपाले संविधान तथा प्रचलित कानुनसमेत अध्ययन गरी नियमानुसार आवश्यक प्रक्रिया अघि बढाउन प्रदेशसभा सचिवालयलाई अनुरोध गरेको छ।

यसअघि पनि राप्रपाले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको निर्देशनविपरीत सरकार गठनमा समर्थन गरेको भन्दै प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्न पत्र पठाइसकेको छ।

एमाले नेतृत्वको बागमती प्रदेश सरकारलाई समर्थन गर्ने विषयमा राप्रपाभित्र विवाद चर्किएपछि पार्टीले उद्धव थापासहित सरकारमा सहभागी आफ्ना सांसद तथा मन्त्रीहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ७ : ५५ बजे

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत