कर तिर्दैनन् विदेशस्थित नियोगका कर्मचारी « Khabarhub

कर तिर्दैनन् विदेशस्थित नियोगका कर्मचारी


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–परराष्ट्र मन्त्रालय र अन्य मन्त्रालयबाट विदेशस्थित नेपाली नियोगमा कार्यरत कर्मचारीले १० वर्षदेखि सरकारलाई कर नबुझाएको पाइएको छ । कर नतिर्नेलाई सरकारले दण्डित गर्नुपर्नेमा अधिकांश कर्मचारी वर्षेनी पुरस्कृत हुने सूचीमा रहेको राजधानी दैनिकमा खबर छ ।

वैदेशिक भ्रमणमा पाउने भत्ता रकममा आयकर ऐनअनुसार कर तिर्नुपर्नेमा छली गर्ने शृखंला विगत १० वर्षदेखि चलेको देखिन्छ । राजदूतहरुले नै कर नतिरेको पाइएको छ भने पहुँचवालालाई मन्त्रिपरिषदबाटै छुट पनि गराइएको छ ।

अवैज्ञानिक ‘पिक एन्ड ड्रप’ले सास्ती भोग्दै सर्वसाधारण शीर्षकको समाचारमा काठमाडौंको सवारी जामलाई कम गर्न काठमाडौं महानगरपालिकाले चलाएको पिक एन्ड ड्रपका कारण सर्वसाधारण यात्रु समस्यामा परेका छन् । त्यसमा पनि वृद्धवृद्धा र अशक्त धेरै समस्यामा परेका छन् । पूर्वाधारको तयारी बिना नै लागू गरिएको यो अभियान अवैज्ञानिक रहेको निष्कर्ष निकालिएको छ ।

त्यस्तै कोरियाली कम्पनी सुसुङले नेपाली सेनालाई बुझाएको काठमाडौं तराई द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को मस्यौदालाई सेनाले अध्ययनपछि मात्रै सरकारलाई बुझाउने भएको छ ।

शिक्षक आन्दोलन झनै चर्कँदै गएको डेढ लाख शिक्षक सेवाबाट बिमुख हुँदै गरेको, शैक्षिक संस्था बन्द आह्वान गरिएको लगायतका खबर छापिएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ७ : ०५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर