लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण « Khabarhub

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै आफ्ना तीनजना प्रदेशसभा सदस्यलाई फेरि स्पष्टीकरण सोधेको छ।

जसपाका महासचिव डा. सुरेन्द्रकुमार झाले सोमबार पत्र पठाउँदै रुपन्देही क्षेत्र नम्बर ३(१) का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, लुम्बिनी प्रदेशसभा सदस्य हेमा वेल्वासे (केसी) र बाँके क्षेत्र नम्बर २(१) का प्रदेशसभा सदस्य भण्डारीलाल अहिरलाई पुनःस्पष्टीकरण सोधेका हुन्।

जसपाले यसअघि नै भदौ १ गते पत्रमार्फत लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्न र सरकारको विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको जनाएको छ। तर, उक्त निर्देशनविपरीत तीनै सांसदले प्रदेश सरकारको पक्षमा मतदान गरेको पार्टीको दाबी छ।

पार्टीले यसअघि मागेको स्पष्टीकरणको अध्ययन गर्दा नीति, निर्णय तथा निर्देशनको भावनासँग मेल नखाने र उठाइएका प्रश्नको चित्तबुझ्दो तथा सन्तोषजनक जवाफ नआएको जनाएको छ।

पार्टीले तीन सांसदलाई पुनः तीनवटा विषयमा स्पष्टीकरण दिन भनेको छ। पार्टीको स्पष्ट निर्देशनविपरीत सरकारको पक्षमा मतदान गरी पार्टी निर्णयको अवज्ञा गरेको विषयमा अनुशासनात्मक कारबाही किन नगर्ने, पार्टीको नीति तथा निर्देशनविपरीत पार्टी सदस्यले कार्य गर्न मिल्ने वा नमिल्ने र पार्टी निर्देशनको अवज्ञा गरी गरिएको कार्यलाई पार्टी विधान तथा प्रचलित निर्णयअनुसार कसरी लिनुपर्ने हो भन्नेबारे स्पष्ट धारणा मागिएको छ।

जसपाले २४ घण्टाभित्र केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा पुनःस्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

तोकिएको समयभित्र स्पष्टीकरण पेश नगरेमा वा पेश गरिएको स्पष्टीकरण चित्तबुझ्दो नभएमा पार्टी विधान तथा प्रचलित निर्णयअनुसार आवश्यक अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिइएको छ।

जसपाले पार्टीको नीति, निर्णय तथा निर्देशन पालना गर्नु प्रत्येक पार्टी सदस्यको अनिवार्य दायित्व रहेको स्मरण गराएको छ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ४ : १६ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित