सर्वोच्चले कांग्रेसको महाधिवेशन रोक्ने सम्भावना देख्दिनँ : उपसभापति शर्मा « Khabarhub

सर्वोच्चले कांग्रेसको महाधिवेशन रोक्ने सम्भावना देख्दिनँ : उपसभापति शर्मा


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको जारी प्रक्रिया रोक्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी हुने सम्भावना आफूले नदेखेको बताएका छन्।

आज सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै उनले कांग्रेस इतर समूहले महाधिवेशनको जारि प्रक्रिया रोक्न सर्वोच्च अदालतमा निवेदन दर्ता भएपछि उत्पन्न अन्योलको अवस्थामा महाधिवेशन नरोकिने चार कारण प्रस्तुत गरेका छन् ।

कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दिएको रिटमा भोलि (बिहीबार) का लागि पेसी तोकिएको छ ।

उपसभापति शर्माले पार्टीको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय पुनरावलोकनको निस्सापछि गरिएको नयाँ निर्णय नभइ फागुन २१ गतेको निर्वाचनपछि २०८२ साल चैत ११ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णय भएको उल्लेख गरेका छन् । उनले अदालतको वैशाख ४ को फैसलामा पनि यो मिति उल्लेख रहेकाे बताएका छन्छ ।

उनले रिट या पूरक निवेदन दर्ता हुनु र त्यसमा मागिएको अन्तरिम आदेश पाउनु दुई फरक विषय हुने बताएका छन्। ‘केवल मुद्दा पुनरावलोकन मा छ, भन्नु मात्र अन्तरिम आदेशको पर्याप्त आधार हो कि होइन भन्ने कुरा अदालतले विचार गर्छ नै,’ उनले भनेका छन्।

पुनरावलोकनको निस्सापछि अदालतको आदेशलाई सम्मान पनि गर्दै अनि असहमत नेताहरूको अधिवेशनमा भाग लिने हक-अधिकार कुन्ठित नहोस् भनेर वडा तह अधिवेशनको भदौ २ को निर्धारित मितिलाई २२ दिन पछाडि सारिएको भन्ने कुरा न्यायमूर्तिहरूले पनि हेर्ने उनको दाबी छ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ९ : ५५ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।