विगत केही वर्षयता योगा गरेर स्वस्थ बन्न सकिने सोच मानिसमा वृद्धि भएको छ । निश्क्रिय जीवनशैलीका कारण उत्पन्न रोग र बिरामका कारण योग गर्नेको संख्या पनि दिनप्रतिदिन बढ्दो छ ।
हाल विश्वभर करिब ६० प्रतिशत बिरामी विभिन्न नसर्ने रोगबाट ग्रस्त छन् । प्रविधिको प्रयोग, निश्क्रिय जीवनशैली तथा शारीरिक अभ्यासको कमीका कारण रोगी मानिसको संख्या बढ्दैछ ।
जीवनशैलीसँगै प्रदूषण पनि रोगको मुख्य कारण रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।
अव्यवस्थित खानपान, बिलासी जीवनशैलीका कारण धेरै जसो मानिसहरु नसर्ने रोगको शिकार भएका छन् । नसर्ने किसिमका रोगमा पनि मानसिक समस्या, मोटोपनसम्बन्धी समस्याले आधा हिस्सा ओगट् गरेको छ । यस्ता समस्यादेखि रोकथाम गर्ने मानिसकले शारीरिक व्यायाम अपरिहार्य रहेको योगा प्रशिक्षकहरु बताउँछन् ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले स्वस्थ रहनका लागि योगा अत्यन्त उपयोगी भएको बताए । ‘योगाभ्यासले शरीरका सम्पूर्ण मांसपेशीमा निकै फाइदा पुर्याउँछ,’ उनले भने, ‘शरीरमा भएको ८० प्रतिशत ब्लकेजलाई योगाभ्यासले निकै फाइदा पुर्याउँछ । नसर्ने रोगको रोकथामको एक मात्र उपाय योग गर्नु नै हो ।’
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका कविराज निरिक्षक गोकुल पराजुलिका अनुसार हामीले दैनिक गर्ने शारीरिक अभ्यासलाई यौगिक मोडलबाट शिलशिलावद्ध तरिकाले, नियमित विहानको शुभमुहूर्तमा गरेमा रोग लाग्ने सम्भावना कम हुन्छ ।
योगाका माध्यमबाट नसर्ने रोगबाट बच्न सकिन्छ । दैनिक पसिना आउने गरी शारीरिक अभ्यास गरेमा नसर्ने रोगबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ ।
पहिला सरुवा रोगको प्रकोप त्राहित्राहिमा थियो । जसले नसर्ने रोग छायाँमा परेको थियो । पछिल्लो समयमा सरुवा रोग नियन्त्रण हुदैँ गए पनि नसर्ने रोगले विकराल रुप लिन थालेको छ ।
मोटोपना , मधुमेह, उच्चरक्तचाप, मिर्गौला र कोलेस्टोर जस्ता नसर्ने रोगका बिरामीहरु फैलिरहेका छन् । फ्याटी तत्व र खानपानबाट नसर्ने रोगका बिरामीहरु दिनप्रतिदिन बढिरहेका छन् ।
के हो योगा
शारीरिक रुपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ । योगा र आयुर्वेदको उत्पत्ति मानिसको उत्पत्तिसँगै भएको मानिन्छ ।
योग मनोविज्ञानको उच्चतम प्राप्ति हो । आधुनिक मनोविज्ञान शरीर र मनसम्म मात्र सीमित छ भने वैज्ञानिक यौगिक मनोविज्ञानले मानिसको उच्चतम चेतनासम्मको अन्वेषण र खोज गरिरहेको हुन्छ । शरीर स्थिर राख्ने अभ्यासले मनको चञ्चलता हटेर जान्छ, स्थिर मन नै योगीमन हो, जहाँ आनन्दको अनुभूति गर्न सकिन्छ, जसका कारण सकारात्मक सोचको विकास हुनुका साथै मानसिक रूपमा तन्दुरुस्त बन्न सकिन्छ ।
एकाग्र मनलाई जुनसुकै सिर्जनशील कार्यमा लगाएर सफलता हासिल गर्न सकिन्छ । योग विभिन्न किसिमका रोगको उपचारमा सहयोगी विज्ञानको रूपमा पनि स्थापित छ । तर, योगाको प्रयोग रोगोपचारभन्दा पनि स्वास्थ्यप्रवर्धनमा गर्नु उचित हुन्छ ।
आयुर्वेदका विभिन्न ग्रन्थमा योगको व्याख्या गरेको पाइए पनि योगा आयुर्वेदको समानान्तर विज्ञानका रूपमा विकास भएको पाइन्छ ।
योगा गर्न चाहनेले प्रारम्भिक अवस्थामा कुशल योग प्रशिक्षकको सहायतामा विभिन्न योगासन सिक्नु जरुरी हुन्छ । कहिँ–कतै योगाको गलत प्रयोग भएको भए त्यसलाई यथाशक्य छिटो सुधार्नु आवश्यक छ । दीर्घरोगीले कुनै औषधि लिएको भए चिकित्सकको सल्लाहबमोजिम चल्नु आवश्यक हुन्छ ।
योगा किन ?
१) योगा हरेक उमेर समुहका मानिसले गर्न सक्छन् । जसले माध्यमले रोगि व्यक्ति निरोगि बन्छन् भने सामान्य मानिसलाई पनि स्वस्थ जीवन पदतिका लागि सघाउ पुग्छ ।
२) योगाले सकारात्मक सोचको विकास गराँउछ । मनमा नकारात्मकता नआउने भएकाले जीवन पदतिमा नै परिवर्तन आउँछ ।
३) बिहान ४ देखि ५ बजेको बीचमा पृथ्वीमा अक्सिजनको मात्रा तुलनात्मक रुपमा बढि हुने गर्छ । त्यसैले शरीरमा अक्सिजनको मात्रा पुर्ति गराउन बिहानको समय योगा गर्ने उपयुक्त हुन्छ ।
४) योगा एक किसिमको व्यायाम पनि हो । योगा गर्दा शरीरका सबै जोर्नी चलायमान हुन्छन । शरीरमा रक्तसन्चार बढछ । साथै शरीरका सबै अंगमा अक्सिजन पुग्ने हँदा रोग पतिरोधी क्षमता समेत बढाउँछ ।
५) स्वस्थ रहन, आत्मविश्वास बढाउन, धन कमाउन, सफल बन्न र पतिभा पष्फुटन गर्ने योगा उपयुक्त माध्यम हो ।
६) तनाव व्यवस्थापनका लागिसमेत योगा एकदमै उपयोगी मानिन्छ । योगा ध्यानसँग केन्दित हुने हँदा एकाग हुन सकिन्छ । जसवाट तनाव सनिलै व्यवस्थापन हुन्छ ।
७) उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि समेत योगा आवश्यक हुन्छ ।
शरीरिक अवस्थालाई ध्यानमा राखेर दैनिक नियमपूर्वक योगा गरेमा स्वास्थ्य र तन्दुरुस्ती प्राप्त हुने कुरालाई परापूर्वकालदेखि नै सिद्ध मानिन्छ । विश्व स्वास्थ्य संगठनको पूर्ण रूपमा स्वस्थ हुन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा समेत स्वस्थ हुनुपर्ने व्याख्याले योगाको महत्व अझ बढाउँछ ।
प्रतिक्रिया