प्रधानमन्त्री बालेनलाई मार्ने धम्की दिएको आरोपमा एक युवक समातिए « Khabarhub

प्रधानमन्त्री बालेनलाई मार्ने धम्की दिएको आरोपमा एक युवक समातिए


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई मार्ने धम्की दिएको आरोपमा एकजना युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–९ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुष्कर दाहाल छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दाहाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि साइबर ब्यूरो पठाइएको प्रहरीले जनाएको छ।

दाहालले इन्स्टाग्राममा स्टाटस लेख्दै प्रधानमन्त्री शाहलाई आगामी भदौ २३ गते ‘सिद्याइदिने’ भनी धम्की दिएका थिए। त्यही पोस्टमा उनले नेपाल प्रहरीलाई समेत ट्याग गर्दै गालीगलौज गरेका थिए।

प्रहरीका अनुसार पक्राउ परेका दाहाल कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा आबद्ध छन्। सामाजिक सञ्जालको दुरुपयोग गरी धम्कीपूर्ण अभिव्यक्ति र सुरक्षा निकायलाई पनि चुनौती दिएकोबारे साइबर ब्यूरोले अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  ४ : ५० बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच