रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने « Khabarhub

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको व्यापक क्षतिप्रति मधेश प्रदेश सरकारले गहिरो दुःख व्यक्त गर्दै प्रभावितको खोज, उद्धार तथा राहतमा सहयोग गर्ने निर्णय गरेको छ ।

मधेश प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । सरकारले बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन मधेश प्रदेशका आम नागरिक, बुद्धिजीवी, उद्यमी, व्यवसायी, समाजसेवी तथा आमसञ्चार जगतलाई सहयोगका लागि सरकारले हार्दिक अपिल गरेको छ ।

त्यस्तै, विपद्को यस घडीमा प्रभावित नागरिकको राहत तथा विपद् व्यवस्थापन कार्यमा सहयोग पुर्‍याउन मधेश प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीलगायत सम्पूर्ण पदाधिकारी र कर्मचारीको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार सरकारले विपद्को अवस्थामा मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै प्रभावित नागरिकलाई तत्काल राहत तथा उद्धारमा सहयोग पुर्‍याउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  ९ : ३६ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना