यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य  « Khabarhub

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 


१२ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले तरकारी, फलफूल, हरियो सागसब्जी, मसला तथा माछासहितका वस्तुको मूल्य सार्वजनिक गरेको हो।

समितिका अनुसार आज ठूलो गोलभेँडा नेपाली प्रतिकिलो ८० रुपैयाँ र भारतीय ९० रुपैयाँ तोकिएको छ। सानो गोलभेँडा लोकल ४५, टनेल ६५ र भारतीय ५० रुपैयाँ प्रतिकिलो रहेको छ। रातो आलु ४० देखि ५३ रुपैयाँसम्म र सुकेको भारतीय प्याज १०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

तरकारीतर्फ गाजर लोकल १२०, काउली ११०, बन्दा ४०, भिन्डी ५०, लौका ६०, घिरौँला ३० र स्कुस ४५ रुपैयाँ प्रतिकिलो रहेको छ। घिउ सिमी ९०, बोडी १००, भटमास कोसा १४० र सखरखण्ड १२० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

सागसब्जीतर्फ पालुङ्गो १५०, रायोसाग १००, तोरीको साग १०० र हरियो प्याज २०० रुपैयाँ प्रतिकिलो रहेको छ। च्याउमा कन्य २६०, डल्ले ६००, राजा च्याउ ३३० र सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

फलफूलतर्फ फुजी स्याउ ३५०, नेपाली केरा दर्जन ३००, कागती ३००, अनार ३००, मालदह आँप ३०० र चोसा आँप २५० रुपैयाँ प्रतिकिलो तोकिएको छ। तरबुजा ६०, जुनार २००, भुइँकटहर प्रतिगोटा २०० र किबी ४०० रुपैयाँ प्रतिकिलो रहेको छ।

मसलाजन्य वस्तुमा अदुवा ३००, सुकेको खुर्सानी ५५०, हरियो अकबरे खुर्सानी ३००, हरियो धनियाँ ५०० र चाइनिज सुकेको लसुन २२० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

यस्तै, ताजा रहु माछा ३७०, बचुवा ३४० र छडी माछा ३५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ९ : १४ बजे

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा