भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता « Khabarhub

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता


१२ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा परी हालसम्म ५३८ जनाको शव बरामद गरिएको सरकारले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार अपराह्न ३ बजे अद्यावधिक गरेको विवरणअनुसार बाढीपछि ३३ देशका ६३२ जना विदेशी नागरिक प्रभावित भएकोमा १२१ जना फेला परेका छन् भने ५११ जना अझै बेपत्ता छन् । 

मन्त्रालयले विदेशी नागरिकसम्बन्धी तथ्यांक खोज तथा उद्धार कार्य जारी रहेकाले थप प्रमाणीकरण हुन सक्ने जनाएको छ ।

सबैभन्दा धेरै भारतका १७८ जना प्रभावित भएका छन्। तीमध्ये ८५ जना फेला परेका छन् भने ९३ जना अझै बेपत्ता छन्। त्यस्तै चीनका १०० जनामध्ये १६ जना फेला परेका छन् भने ८४ जना बेपत्ता छन् ।

त्यसैगरी अमेरिकाका ६८ मध्ये २ जना फेला परेका छन् भने ६६ जना बेपत्ता छन्। युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना अझै बेपत्ता रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार इटालीका दुई, दक्षिण कोरियाका नौ, स्विट्जरल्यान्डका एक र रुसका दुई तथा अन्य केही विदेशी नागरिक फेला परिसकेका छन् ।

बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै घर, सडक, पुल, जलविद्युत् आयोजना र अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।

सरकारले सुरक्षा निकाय, विपद् व्यवस्थापन निकाय, स्थानीय तह तथा स्वास्थ्य सेवाका संयन्त्रलाई खोज, उद्धार, विस्थापितको व्यवस्थापन, आकस्मिक स्वास्थ्य सहायता र राहत कार्यमा परिचालन गरेको जनाएको छ । 

नदी प्रणाली तथा तल्लो तटीय क्षेत्रमा बाढीको जोखिमलाई निरन्तर निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले प्रभावित विदेशी नागरिकका परिवार तथा सम्बन्धित पक्षलाई आवश्यक जानकारी र सहयोगका लागि आपत्कालीन हटलाइन/ह्वाट्सएप नम्बर +९७७-९७४४४४१२२७ र +९७७-९७४४४४१२२८ मा सम्पर्क गर्न सकिने जनाएको छ। यी नम्बर बिहान ७ बजेदेखि राति १० बजेसम्म सञ्चालनमा रहनेछन् ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ६ : ४४ बजे

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ