बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध « Khabarhub

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध


१३ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर इलाम, रसुवा, नुवाकोट, धादिङ, रोल्पा र रुकुम पश्चिमका केही सडक तथा राजमार्ग आंशिक तथा पूर्णरुपमा अवरुद्ध रहेका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, रसुवाको त्रिशूली–मैुलुङ–स्याफ्रुबेसी सडक खण्ड र नुवाकोटका मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा बन्द रहेका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङका विभिन्न स्थानहरू (ज्वाङखोला, गल्छी, बैरेनी) मा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।

बीपी राजमार्ग बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेसीमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन समय (साँझ ६ देखि बिहान ४ बजेसम्म)मा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन निषेध गरिएको छ ।

नुवाकोटको टोखा–छहरे सडक खण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

मेची राजमार्ग अन्तर्गत इलामको राजदुवालीमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यहाँ अर्को वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले सुझाव दिएको छ ।

रोल्पास्थित सहिद राजमार्गमा पहिरोका कारण यातायात ठप्प भएको छ । त्यसैगरी, रुकुम पश्चिममा पर्ने जाजरकोट–डोल्पा सडक खण्ड पनि रिजेगाड खोलामा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

काठमाडौं उपत्यकाको मुख्य प्रवेश मार्ग नागढुङ्गा–मुग्लिन सडक भने हाल पूर्ण रूपमा सुचारु रहेको छ । यद्यपि, धादिङको बैरेनी बजारको १ किलोमिटर क्षेत्रमा भने सडक एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ८ : २४ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई