जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात « Khabarhub

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात


१३ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात गरेको छ । एलिनाज एरिनामा आज बिहान सम्पन्न नयाँ सिजनको पहिलो खेलमा भीएफबी स्टुटगार्टलाई ५–१ गोलले हराउँदै बायर्नले सुखद सुरुवात गरेको हो ।

बायर्नका दायोट उपामेकानो, माइकल ओलिसे, अलेक्जान्डर पाभ्लोभिच र लुइस डियाजले एक–एक गोल गरेका थिए । एक गोल भने स्टुटगार्टबाट आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो ।

खेलको २१औँ मिनेटमा उपामेकानोले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । ५२औँ मिनेटमा स्टुटगार्टका जोशा भाग्नोमानले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ५५औँ मिनेटमा ओलिसेको गोलसँगै बायर्न २–१ गोलले अघि बढ्यो । ५७औँ मिनेटमा टुटगार्टका भोग्नोमानले आत्मघाती गोल गरेपछि बायर्न ३–१ गोलले अघि बढ्यो।

त्यसपछि ८२औँ मिनेटमा अलेक्जान्डर र इन्जुरी समयको दोस्रो मिनेटमा लुइस डियाजले गोल थप्दै बायर्नलाई ५–१ को सानदार जित दिलाए । यो जितसँगै सिजनको पहिलो खेलमा बायर्नले महत्वपूर्ण ३ अंक जोडेको छ । भीएफबी स्टुटगार्टले हारबाट नयाँ सिजनको सुरुवात गरेको छ ।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ९ : ४७ बजे

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा