मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मोन्ट्रियल ७-१ ले पराजित « Khabarhub

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मोन्ट्रियल ७-१ ले पराजित


१४ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा मोन्ट्रियलमाथि ७-१ को फराकिलो र ऐतिहासिक जित निकालेको छ।

आइतबार बिहान सम्पन्न खेलमा मियामीलाई कीर्तिमानी जित दिलाउन मेसीले एक्लै चार गोल गरे भने कासेमिरो र लुइस सुआरेजले १-१ गोल थपे।

इन्टर मियामीको इतिहासमा यो अहिलेसम्मकै फराकिलो जित हो। क्लबले कुनै पनि आधिकारिक खेलमा सात गोल गरेको यो पहिलो पटक हो।

सुरुवातदेखि नै आक्रामक खेल पस्किएको मियामीसामु मोन्ट्रियल निरीह बनेको थियो। मेसीको एकपछि अर्को दर्शनीय गोलसँगै सुआरेज र कासेमिरोको मैदानमा जमेको समन्वयले मायमीले जितलाई सहज बनाएको थियो।

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  ८ : ३९ बजे

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा