त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै « Khabarhub

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै


१४ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र थपिएका श्रमिकहरूको उद्धारका लागि मेसिनमार्फत केबल टनेलसम्म सफलतापूर्वक प्वाल छिचोलिएको छ।

आइतबार राति ड्रिलिङ प्रक्रिया सम्पन्न भई टनेलसम्म प्वाल पुगेपछि भित्रको अवस्था सुख्खा रहेको पाइएको छ। सुरुङभित्र थुनिएका व्यक्तिको सहजताका लागि कम्प्रेसरसँगै अक्सिजनयुक्त हावा र मार्गदर्शनका लागि बत्ती (लाइट) पठाइएको छ। भित्र रहेका श्रमिक सुरक्षित अवस्थामा रहेको अनुमान गरिएको छ।

अविरल वर्षा र नदीको सतह बढेका कारण बीचमा केही समय उद्धार कार्य रोकिए पनि अहिले पुनः द्रुत गतिमा काम सुरु गरिएको छ। आइतबार बिहानदेखि थप प्वाल बनाउने र त्यसलाई ठूलो बनाएर मानिस प्रवेश गर्न सक्ने गरी उद्धार टोलीलाई भित्र पठाउने तयारी भइरहेको छ।

अहिले आयोजनास्थलमा प्राविधिक टोलीले थप ड्रिलिङ कार्य निरन्तर जारी राखेको छ।

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  ९ : ४४ बजे

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई