इक्वेडरमा एल निनोका कारण आपत्काल घोषणा « Khabarhub

इक्वेडरमा एल निनोका कारण आपत्काल घोषणा


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

क्विटो– इक्वेडरले एल निनो जलवायु घटनाका कारण शनिबार देशभर उच्च सतर्कता जारी गर्दै आपत्काल घोषणा गरेको अधिकारीहरूले बताएका छन् ।

इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको हो । 

सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा अन्य आपत्कालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन् ।

एल निनोका कारण मध्य र पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको समुद्री सतहको तापक्रम बढ्नुका साथै हावाको बहाव, वायुदबाब र वर्षाको ढाँचामा परिवर्तन आउने गर्छ । 

यसले माछा मार्ने गतिविधि र चराहरूको बसाइँसराइमा समेत असर पार्न सक्छ । इक्वेडरले देशको पूर्वी क्षेत्रमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डढेलोको जोखिम बढ्ने अनुमान गरेको छ । 

यस वर्षको एल निनोले मध्य अमेरिकाका केही क्षेत्रमा गम्भीर खडेरी तथा इन्डोनेसियामा डढेलोको जोखिम बढाएको अधिकारीहरूले बताएका छन् ।

वैज्ञानिकहरूका अनुसार हालको एल निनो वर्षको अन्त्यतिर उत्कर्षमा पुग्न सक्ने र सन् २०२७ मा विश्वव्यापी तापक्रममा उल्लेखनीय वृद्धि हुन सक्ने अनुमान गरिएको छ ।

पानामा, होन्डुरस र एल साल्भाडोरले यसअघि नै एल निनोका कारण आपत्काल घोषणा गरिसकेका छन् । 

पेरुले पनि एल निनोका कारण तीव्र गर्मी र वर्षाको जोखिमलाई ध्यानमा राख्दै आफ्ना करिब एकतिहाइ सहरमा आपत्काल घोषणा गरेको छ । रासस

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  २ : २४ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले