अर्थ समाचार : प्रधानमन्त्री राहत कोषमा रकम जम्मा हुँदै, कृष्णभीर भासियो राजमार्ग, ग्यास र पेट्रोलियम आपूर्ति गर्न वैकल्पिक बाटो « Khabarhub

अर्थ समाचार : प्रधानमन्त्री राहत कोषमा रकम जम्मा हुँदै, कृष्णभीर भासियो राजमार्ग, ग्यास र पेट्रोलियम आपूर्ति गर्न वैकल्पिक बाटो


१४ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्गबाट काठमाडौं उपत्यका तथा आसपासका जिल्लाहरूमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति गर्ने व्यवस्था मिलाएको छ ।

आइतबार धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका वडा नं. ७ अन्तर्गत पर्ने कृष्णभीर खण्डमा नदीको कटानले गर्दा बाटो अवरुद्ध भएको छ ।

बाटो अवरुद्ध भएसँगै उत्पन्न ढुवानी समस्यालाई सम्बोधन गर्न नेपाल आयल निगमले एल.पी. ग्यास उद्योगीहरूसँग छलफल गरी आपूर्तिको विशेष व्यवस्था मिलाएको हो ।

निगमका अनुसार, काठमाडौं र आसपासका जिल्लाहरूमा ग्यास आपूर्ति सहज राख्नका लागि बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी र पर्सा जिल्लामा रहेका ग्यास उद्योगहरू तथा पायक पर्ने अन्य जिल्लाका उद्योगहरूसँग आवश्यक समन्वय गरिएको छ ।

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

बाढी प्रभावित क्षेत्रको लागि प्राधिकरणले उपलब्ध गरायो २० थान स्याटेलाइट फोन

बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

त्रिशूलीका जलविद्युत् आयोजनामा उद्धार तीव्र : उपकरण हेलिकप्टरमा लगिँदै, सुरुङको प्रवेशद्वार खोल्ने प्रयास ‘ब्रेक थ्रु’ नजिक

रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेनाले उद्धार अभियान तीव्र बनाएको छ।

आयोजनास्थलसम्म पुग्न सडक अवरुद्ध भएपछि सेनाले स्काभेटर र डोजर नुवाकोटको बट्टारसम्म पुर्‍याएर डिसमेन्टल गरी हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लैजाने काम गरिरहेको छ।

बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको छ। गएराति पुनः भीषण बाढी आए पनि उद्धार तथा पहुँच निर्माणको काम रोकिएको छैन।

नेपाली सेनाका अनुसार माथिल्लो त्रिशूली-३ ‘ए’ को सुरुङको प्रवेशद्वार खोल्ने ‘ब्रेक थ्रु’को काम अन्तिम चरणमा पुगेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोटेकोसी बाढीपीडितलाई दियो ४ करोड १ लाख

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

मनहरीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  ६ : ५५ बजे

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार