भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग « Khabarhub

भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले आज एक विज्ञप्ति जारी गरी रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।

नाइमाले बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । 

विपद्को सुरुवाती समयदेखि नाइमामा आबद्ध सदस्य कम्पनीले आर्थिक, यातायात तथा लजिस्टिक माध्यमबाट उद्धार कार्यमा सहयोग पुर्‍याउँदै आएका आज जारी विज्ञप्तिमा जनाइएको छ ।

‘हाम्रो स्थापना कालदेखि हामीले विपद्को समयमा सरकारलाई सहयोग गर्दै आएका छौँ, यस पटक पनि हाम्रा सदस्य कम्पनीले देखाउनुभएको तत्परता प्रशंसनीय छ । सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले मात्र राहत तथा पुनः स्थापना कार्यलाई प्रभावकारी बनाउन सकिन्छ’, अध्यक्ष वैद्यले भने ।

नाइमाले उद्धार कार्यमा खटिएका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायको उच्च सम्मान गर्दै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकार भएका निकायलाई आफ्नो क्षमताअनुसार सहयोगमा हातेमालो गर्नसमेत अपिल गरेको छ । 
 

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ८ : ०० बजे

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी