मन्त्रिपरिषद फेरबदलबारे छलफल गर्न नेकपाको सचिवालय बैठक जारी « Khabarhub

मन्त्रिपरिषद फेरबदलबारे छलफल गर्न नेकपाको सचिवालय बैठक जारी


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक जारी छ । मन्त्रिपरिषदका सदस्य हेरफेरलाई अन्तिम रूप दिन बोलाइएको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा जारी रहेको हो ।

सचिवालय बैठकले मन्त्रिपरिषदमा फेरबदल हुने मन्त्रीहरुको नाम टु‌ग्याउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद सदस्य फेरबदलको प्रस्ताव राख्ने र सचिवालय बैठकले अनुमोदन गर्ने कार्यतालिका रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठक लगत्तै प्रधानमन्त्रीले केही मन्त्री हटाउने र केही नयाँ अनुहार थप्नेछन् ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेको मंगलबार जानकारी दिएका थिए ।

उनले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको र प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई धन्यवाद समेत दिएको जानकारी दिएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १ : २४ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत