पृथ्वी, अरनिको र मेची राजमार्ग अवरुद्ध : देशभरका कुन सडकको अवस्था के छ ? « Khabarhub

पृथ्वी, अरनिको र मेची राजमार्ग अवरुद्ध : देशभरका कुन सडकको अवस्था के छ ?


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा पहिरो खस्दा तथा बाढीको जोखिम बढेपछि यातायात ठप्प वा आंशिक रूपमा प्रभावित भएको हो।

कोशी प्रदेश: इलामको इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग भदौ २३ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध छ। ताप्लेजुङ-झापा जोड्ने उक्त सडक बन्द भएपछि हाल वैकल्पिक बाटोधरि सवारी सञ्चालन गरिएको छ।

बागमती प्रदेश: पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभिर र गजुरी गाउँपालिका-२ परेवाभिरमा भदौ १४ गते पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। यस्तै, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा पनि पहिरोका कारण यातायात ठप्प छ।

रसुवामा बाढीका कारण उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित त्रिशुली मैलुङ स्याफ्रुबेसी सडक खण्ड र पासाङ ल्हामु सडक खण्डका मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द भएका छन्।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै केही राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ:

  • वि.पि. राजमार्ग: काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ देखि साँझ ६ बजेसम्म अवस्था हेरेर मात्र सञ्चालन गर्न दिइएको छ।
  • कान्ति लोकपथ: मकवानपुरको हेटौँडा-ठिङ्गन-बागमती-ललितपुर खण्डमा रातको ७ बजेदेखि बिहान ५ बजेसम्म यात्रामा रोक लगाइएको छ।
  • टोखा-छहरे सडक: नुवाकोटको शिवपुरी गाउँपालिका-८ घट्टेखोला खण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

कर्णाली प्रदेश: कर्णाली प्रदेशको मुगुस्थित छायाँनाथ रारा नगरपालिका-७ झ्यारीखोला र टोक्ला क्षेत्रमा पहिरो खस्दा नाग्म-मुगु गमगढी जोड्ने सडक खण्ड पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ७ : १० बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको