रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु) « Khabarhub

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)


१५ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि रसुवा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न थालिएको छ । बाहुनबेसी–छाप–लच्याङ–सरम्थली–पार्टीखर्क–फलाको खोलापुल–घिचेट हुँदै धुन्चेसम्म पुग्ने यो सडक अहिले यात्रु तथा राहत सामग्री बोकेका सवारीसाधनका लागि प्रयोग भइरहेको छ।

तर, वैकल्पिक सडक साँघुरो र अत्यधिक चिप्लो भएकाले यात्रु तथा चालकले निकै सास्ती व्यहोर्नुपरेको छ । सडकमा एक पटकमा एउटा मात्र गाडी सहज रूपमा गुड्न सक्ने अवस्था रहेकाले दुईतर्फबाट सवारीसाधन आएमा जाम हुने गरेको छ ।

विशेषगरी उकालोमा पिकअप लिन नसक्ने सवारीसाधन र राहत सामग्री बोकेका ठूला ट्रकहरू समस्यामा पर्ने गरेका छन्। कुनै एउटा सवारीसाधन बिग्रिएमा वा उकालो चढ्न नसकेमा पछाडि रहेका अन्य सवारीसाधनसमेत घण्टौँसम्म रोकिनुपर्ने अवस्था छ।

राहत सामग्री लिएर रसुवातर्फ गएका केही ट्रकसमेत उकालो चढ्न नसकेर बाटोमै फसेका छन्। सोमबार बिहान ११ बजे विदुरबाट हिँडेको एक सवारीसाधन राति १ बजे धुन्चे पुगे पनि यात्राका क्रममा करिब ५–६ वटा सवारीसाधन उकालो चढ्न नसकेर केही समय बाटोमै रोकिएका थिए।

मुख्य सडक तत्काल सञ्चालनमा आउन नसके वैकल्पिक सडकमा सडक सुधार, ग्राभेल तथा सवारी व्यवस्थापनको व्यवस्था गर्नुपर्ने देखिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ११ : ०२ बजे

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ