रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी « Khabarhub

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी


१५ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धारकार्य तीव्र रूपमा भइरहेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत आज दिउँसो १ः३० बजेसम्म ३३० प्रभावितलाई सुरक्षित स्थानमा उद्धार गरिएको छ ।

बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ (टनेल) मा फसेकाको खोजी र उद्धारका लागि प्राविधिक तथा विज्ञ टोली परिचालन गरिएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार त्रिशूली–३ जलविद्युत् आयोजनाको टनेलमा करिब १५ मिटर तल ओर्लेर टोलीले काम गरिरहेको छ ।

त्यस्तै, त्रिशूली–३ बी (३घ) को टनेलमा पनि सेनाको विज्ञ फौजसहितको टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । रसुवागढी हाइड्रोपावरको टनेलमा भने सुरक्षाकर्मीको संयुक्त टोली खोजतलास गर्दै करिब २५० मिटर भित्रसम्म पुगेको थियो । 

तर, त्यहाँ कोही पनि फेला नपरेपछि टोली बाहिर फर्किएको नेपाली सेनाले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धारकार्यलाई व्यवस्थित र समन्वयात्मक बनाउन नेपाली सेनाका आठ हजार ९०० भन्दाबढी जनशक्ति प्रत्यक्ष रूपमा खटिएका छन् । सेनाको टोलीले खोला किनार, पहाडी क्षेत्र तथा स्थानीयका घर–घरमा पुगेर खोजी, उद्धार र राहतकार्य गरिरहेको नेपाली सेना श्रीनाथ गणले जनाएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ४ : ३३ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच