राजीनामा दिन प्रधानमन्त्रीले गरेको प्रस्ताव उपसभामुखद्वारा अस्वीकार « Khabarhub

राजीनामा दिन प्रधानमन्त्रीले गरेको प्रस्ताव उपसभामुखद्वारा अस्वीकार


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिन गरेको आग्रहलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले अस्वीकार गरेकी छिन् ।

मन्त्रिमण्डल हेरफेरको अन्तिम तयारीमा रहेको बेला बुधवार विहान तुम्बाहाम्फेसँग भेटगरी प्रधानमन्त्री ओलीले राजीनामा दिन आग्रह गर्दै मन्त्री बनाउने आश्वासन दिएका थिए ।

तर तुम्बाहाम्फेले भने सभामुख पनि नभएको बेलामा संसद खालि राखेर आफू मन्त्री नबन्ने बताएको बालुवाटार निकट श्रोतले बतायो ।
‘अहिले सभामुख पनि नभएको बेलामा संसदलाई खालि राखेर म मन्त्री बन्दिनँ’ बालुवाटार श्रोतले तुम्बाहाङ्फेलाई उदृत गर्दै भन्यो ।

तर उनले ‘केही समयपछि विचार गरौलाँ’ भनेको स्रोतको दाबी छ ।

उपसभामुख तुम्बाहाम्फेले भने मन्त्री बन्ने विषयमा प्रधानमन्त्रीसँग कुनै छलफल नभएको बताइन् ।

सभामुख कृष्णबहादुर महराले बलात्कारको आरोप लागेपछि पदबाट राजीनामा दिएसँगै सभामुख पद खाली रहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  २ : २९ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब