सुरुङभित्र थपिएकाको उद्धार गर्न वैकल्पिक प्रयास भइरहेको गृहमन्त्रीको दाबी « Khabarhub

सुरुङभित्र थपिएकाको उद्धार गर्न वैकल्पिक प्रयास भइरहेको गृहमन्त्रीको दाबी


१७ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – गृहमन्त्री सुधन गुरुङले बाढीपछि जारी खोज, उद्धार, शव व्यवस्थापन र राहत वितरणमा सरकारले सम्पूर्ण शक्ति लगाएको दाबी गरेका छन् । उद्धारका क्रममा केही कमजोरी भएको हुन सक्ने भन्दै उनले सर्वसाधारणसँग माफीसमेत माग्दै खबरदारी गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सोचेभन्दा ठूलो क्षति भएकाले सुरुवाती उद्धार कार्यमा केही कठिनाइ भएको बताए । बाढीपछि पहिलोपटक सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्दै उनले सुरुङभित्र थपिएका व्यक्तिको सकुशल उद्धारका लागि हरसम्भव प्रयास भइरहेको स्पष्ट पारे ।

“पावरहाउसको माथिल्लो भागबाट खनेर प्वाल पारी हावा र रासन पठाउन सकिन्छ कि भनेर प्रयास गरिरहेका छौँ,” उनले भने । दलदल र टालिएको सुरुङका कारण विदेशी विज्ञ टोलीलाई समेत उद्धारमा चुनौती थपिएको उनको भनाइ छ । सम्भावित दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै निजी क्षेत्रका हेलिकोप्टर उडानमा रोक लगाइएको उनले प्रस्ट्याए ।

बाढी आएकै भोलिपल्टदेखि नुवाकोट पुगेर स्थलगत समन्वयमा खटिएका मन्त्री गुरुङले सीमित स्रोत–साधनका बाबजुद सुरक्षाकर्मीले अधिकतम क्षमता प्रयोग गरेको दाबी गरे । नेपालको इतिहासमै विपद् उद्धारमा यति धेरै हेलिकोप्टर पहिलोपटक प्रयोग गरिएको दाबी गर्दै उनले भने, “राज्यको भएभरको संयन्त्र परिचालन गरेका छौँ । डाँडाकाँडामा अलपत्र परेकाको हेलिकोप्टरमार्फत रेकी गरी उद्धार र राहत पहुँच बढाउने काम भइरहेको छ ।”

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ८ : ४१ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा