भोटेकोसी बाढीमा बेपत्ता एकै परिवारका पाँच जनाको अन्तिम संस्कार गरिँदै « Khabarhub

भोटेकोसी बाढीमा बेपत्ता एकै परिवारका पाँच जनाको अन्तिम संस्कार गरिँदै


१७ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका एकै परिवारका पाँच जना सदस्य नभेटिएपछि पीडित परिवार अन्तिम संस्कारको निर्णयमा पुगेको छ । लामो समयसम्म निरन्तर खोजी गर्दा पनि फेला नपरेपछि पत्रकार निराजन पौडेलको परिवारले बुबा, आमा, काका, काकी र बहिनीको अन्तिम संस्कार सुरु गर्ने निर्णयमा पुगेको जानकारी गराएका हुन् ।

पीडित परिवारका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–लोलाङ बोहोराटार गेटबाट सुनौलो बस्ती जाने बाटोमा रहेको रुद्रमती महादेव मन्दिर तथा किरियापुत्री भवनमा अन्तिम संस्कारको धार्मिक विधि सम्पन्न गर्ने जनाएको हो । बाढी आएको एक साताभन्दा बढी समय बितिसक्दा पनि बेपत्ता आफन्तको अत्तोपत्तो नभएपछि आफन्त परम्पराअनुसार काजकिरियामा बस्न लागेका हुन् ।

निराजनले फेसबुकमा लेखेका छन्, ‘भदौ १० गते आएको भोटेकोशी बाढीमा परेर वेपत्ता हुनुभएका हाम्रा अभिभावक बुवा, आमा, अंकल, अन्टी, बहिनीको खोजी कार्यगर्दा पनि नभेटिएपछि आजदेखि हामी अन्तिम संस्कार गर्ने निर्णयमा पुगेका छौँ ।स्थान: काठमाडौं, तारकेश्वर नगरपालिका लोलाङ बोहोराटार गेटबाट सुनौलो बस्ती जाने बाटो । रूद्रमति महादेव मन्दिर तथा किरियापुत्री भवन ।’

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  १० : ५२ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच