कांग्रेस बाढी प्रभावित क्षेत्रमै छ, प्रधानमन्त्रीले रोस्टममा बोले जस्तो अवस्था राम्रो छैन : आङ्देम्बे « Khabarhub

कांग्रेस बाढी प्रभावित क्षेत्रमै छ, प्रधानमन्त्रीले रोस्टममा बोले जस्तो अवस्था राम्रो छैन : आङ्देम्बे


१७ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले अन्तर्राष्ट्रिय तथा निजी क्षेत्रको सहयोग ढिलो लिँदा रसुवा बाढीपछि सुरुङमा फसेकाहरूको खोज तथा उद्धारमा ढिलाइ भएको बताएका छन् ।

बुधारबा प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले विपत्तिको समयमा कांग्रेसको सम्पूर्ण संगठन र शक्ति फिल्डमै परिचालित रहेको बताए । 

उनले आफू र पार्टी सभापति गगन थापा बाढी प्रभावित क्षेत्रमा पुगेर अवस्थाबारे जानकारी लिएको समेत उल्लेख गरे ।

सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारमा भएको ढिलाइप्रति प्रश्न उठाउँदै उनले सम्बन्धित क्षेत्रका विज्ञलाई तत्काल परिचालन गर्नुपर्ने बताए । निजी तथा अन्तर्राष्ट्रिय सहयोग समयमै नलिँदा उद्धारमा ढिलाइ भएको हुन सक्ने उनको भनाइ थियो ।

प्रधानमन्त्रीले संसद्को रोस्टमबाट अवस्था राम्रो रहेको बताए पनि फिल्डमा भने त्यस्तो अवस्था नरहेको आङ्देम्बेले दाबी गरे । 

उनले गृहमन्त्री सुधन गुरुङले सुरुङमार्गमा माटो खोस्रिने काम गरेको विषयमा समेत आलोचना गरेका छन्।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  २ : १४ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच