मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती : करण केसीले लिए चार विकेट « Khabarhub

मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती : करण केसीले लिए चार विकेट


१८ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले मलेसियालाई १०३ रनमा रोकेको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि करण केसीले चार विकेट हात पारे । सात ओभर तीन बल बलिङ गर्दै केसीले दुई मेडनका साथ २३ रन दिएर चार विकेट हात पारेका हुन् ।

टस हारेर फिल्डिङ गरेको नेपालले आयोजक मलेसियालाई ३२ ओभर ३ बलमा अलआउट गरेको हो ।

बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा भएको खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको हो । नेपालका लागि करण केसीले चार विकेट हात पार्दा ललितनारायण राजवंशीले दुई, कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट हात पारे ।

मलेसियाका लागि कप्तान सैयद अजिजले ३० रन बनाउँदा अकिल वाहिदले २४ रन जोडे । अन्य ब्याट्सम्यानले भने नेपाली बलरविरुद्ध रन जोड्न सकेनन् । १०४ रनको लक्ष्य पाएको नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको नेपाल आज दोस्रो जितको खाेजीमा छ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  ९ : ५५ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण