चिसो निरन्तर बढ्दो क्रममा, यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीमा झर्ने « Khabarhub

चिसो निरन्तर बढ्दो क्रममा, यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीमा झर्ने


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय वायुको प्रभावले आज राति देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय र पश्चिमी वायु सक्रिय भएकाले हाल देशको धेरै जसो स्थानमा मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताइन् ।

“आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ”, उनले भनिन् ।

मौसमविद्का अनुसार चिसो निरन्तर बढ्दो क्रममा रहेको छ । यस वर्ष उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुइरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरेकाले तुवाँलाले दृश्यता कमजोर हुने बताइएको छ ।

बिहीबार देशको पहाडी भूभागसहित पश्चिमी तराई भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

शुक्रबार देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव २ डिग्री र अधिकतम तापक्रम २३ दशमलव २ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ५ डिग्रीमा झरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ८ : ३१ बजे

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति

मिराज नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज प्रदर्शन गर्दै

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले