अब उपभोक्तालाई ग्यास दिएर मात्रै व्यावसायिक क्षेत्रलाई दिइने « Khabarhub

अब उपभोक्तालाई ग्यास दिएर मात्रै व्यावसायिक क्षेत्रलाई दिइने


१८ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अब उपभोक्तालाई ग्यास उपलब्ध गराएर मात्रै अन्य व्यावसायिक क्षेत्रलाई दिइने भएको छ । नेपाल आयल निगमको उपस्थितिमा ग्यास बिक्रेता महासंघ र ग्यास बिक्रेता संघ काठमाडौंले बुधबार सो सहमति गरेका हुन् ।

सहमतिमा ग्यास बिक्रेताहरूले हाललाई व्यावसायिक प्रयोजनको लागि बिक्री वितरण रोकेर अति आवश्यक उपभोक्तालाई बिक्री गर्ने भनिएको छ । साथै, सहमतिमा ग्यास बिक्रेताहरूले  विद्यार्थी, अशक्त, बिरामी, जेष्ठ नागरिक, विभिन्न आश्रम, बाढी पीडितको लागि खुलेका सेल्टर आदिलाइई आवश्यकताअनुसारको ग्यासको व्यवस्था मिलाउने उल्लेख छ ।

केही दिन अघि पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरो गएपछि नारायणगढ–मुग्लिङ–काठमाडौंको यातायात सेवा ठप्प हुन पुगेको छ । जसले गर्दा विगत लामो समयदेखि आवश्यकताअनुसार आपूर्ति हुन नसकेको ग्यासको आपूर्तिमा थप असर पर्ने देखिएको छ । 

सोही परिस्थितिलाई समेत मध्येनजर गरेर सहमतिमा हाललाई तराईका उद्योगहरूमा ग्यास सिलिण्डर भरेर वैकल्पिक मार्गबाट ल्याउने व्यवस्था मिलाएको भनिएको छ । साथै, समानुपातिक ढंगले ग्यास वितरणको व्यवस्था मिलाउने र व्यावसायिक प्रयोजनमा उपभोग गर्ने व्यवसायीले आफूले उपभोग गर्ने ब्राण्डको एलपी सिलिण्डर सम्बन्धित उद्योगसँग समन्वय गरेर तराइका उद्योगमा गएर रिफिल गर्ने व्यवस्था मिलाउने भनिएको छ ।

ग्यास बिक्रेता महासंघले र काठमाडौं संघले गरेको सहमतिले ग्यासको सहज आपूर्ति नहुने बेलासम्म अब व्यावसायिक बिक्रेताले काठमाडौंबाटै ग्यास नपाउने देखिएको छ ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  ३ : ५८ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा