राष्ट्र वृद्धाश्रम जस्तो भयो : अध्यक्ष केसी « Khabarhub

राष्ट्र वृद्धाश्रम जस्तो भयो : अध्यक्ष केसी


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवा विदेश जाने क्रम बढेसँगै देश विस्तारै वृद्धाश्रम बन्दै गएको बताएका छन् ।

आज (बुधबार)देखि बागलुङको गलकोटमा शुरु भएको दोस्रो गलकोट घुम्टे महोत्सवको उद्घाटनका अवसरमा नेता केसीले विप्रेषणले मात्र राष्ट्र र राष्ट्रियता जोगाउन नसकिने भन्दै विदेशिएका युवालाई देश फर्किने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपालबाट मान्छे हैन उत्पादनलाई निर्यात गरौँ । विदेशिएका युवा अब स्वदेश फर्कनुस्, यहाँ उत्पादन भएका वस्तुलाई विदेशमा पठाउने काम गर्नुस्।’

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता केसीले विगतमा देशमा राजनीतिक स्थिरता नहुँदा विकास हुन नसकेको भएपनि अबको केही वर्षमा मुलुकको विकासले फड्को मार्ने विश्वास व्यक्त गरे ।

भारतले सीमा मिचेको खबर बाहिर आएपछि राष्ट्रियताका पक्षमा पहिलोपटक देश विदेशमा रहेका सबै नेपाली एकजुट भएको बताउँदै उनले भने, ‘राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि पहिलोपटक राजनीतिक दलसँगै आम नागरिक एकैठाउँ उभिएका छन् ।’ गलकोट क्षेत्रको विकासका निम्ति देश विदेशमा रहेका सबै नागरिकले उत्पादनशील क्षेत्रमा लगानी गर्न नेता केसीको आग्रह छ ।

महोत्सव आगामी मङ्सिर ११ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा लोक दोहोरी गीत प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, स्थानीय उत्पादनको प्रदर्शन एवं प्रवद्र्धन गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ९ : ४७ बजे

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व

मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति

काठमाडौं- सरकारले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई परराष्ट्र मामिला र कूटनीति पढाएको