त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’ « Khabarhub

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’


१९ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जय साहले सुरुङभित्र रहेका अन्य सबै व्यक्ति सकुशल रहेको जानकारी दिएका छन्।

नेपाल विद्युत् प्राधिकरणका अनुसार सुरुङबाट उद्धार गरिएलगत्तै साहले उद्धारकर्मीलाई आफूहरूसँगै सुरुङभित्र रहेका सबैजना सुरक्षित रहेको र उद्धारको प्रतीक्षामा रहेको बताएका थिए।

उद्धार टोलीले सुरुङबाट अर्का एक व्यक्तिको पनि जीवितै उद्धार गरेको छ। उद्धार गरिएका व्यक्ति कविर महर्जन हुन्।

साह र महर्जनको घटनास्थलमै खटिएको नेपाली सेनाको मेडिकल टोलीले स्वास्थ्य परीक्षण गरेको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

सुरुङभित्र अझै रहेका व्यक्तिहरूको उद्धारका लागि उद्धार टोलीले निरन्तर प्रयास गरिरहेको छ। सुरुङबाट उद्धार गरिएका व्यक्तिहरूले भित्र रहेका सबैजना सकुशल रहेको जानकारी दिएपछि बाँकी व्यक्तिहरूको समेत सुरक्षित उद्धार हुने आशा बढेको छ।

उद्धार कार्यलाई तीव्रता दिँदै सुरुङभित्र रहेका सबै व्यक्तिलाई सुरक्षित रूपमा बाहिर ल्याउने प्रयास भइरहेको छ।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ९ : ४२ बजे

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय