दार्चुलामा पहिरोले चौलानी नदी थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह (भिडियोसहित) « Khabarhub

दार्चुलामा पहिरोले चौलानी नदी थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह (भिडियोसहित)


१९ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका–९ भट्टारमा ठूलो पहिरो खसेपछि चौलानी नदी आधा थुनिएको छ।

पहिरो निरन्तर झरिरहेकाले चौलानी नदी पूर्ण रूपमा थुनिन सक्ने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

नदी पूरा थुनिए एक्कासि पानीको बहाव बढ्न सक्ने जोखिम रहेकाले प्रशासनले तटीय क्षेत्रका नागरिक तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन भनेको छ।

प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले शुक्रबार अपराह्न सम्भावित जोखिमबाट धनजनको क्षति न्यूनीकरण गर्न नदीको तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रशासनले विपद्का बेला उद्धार आवश्यक परे राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) को ११४९, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ नम्बरमा सम्पर्क गर्न भनेको छ। यससँगै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पनि जानकारी गराउन भनिएको छ।

प्रशासनले नदीको अवस्था निरन्तर अनुगमन भइरहेको जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राखेर स्थानीय बासिन्दालाई नदी आसपासको क्षेत्रमा आवतजावत नगर्न पनि भनेको छ।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ४ : २५ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा