कर्मचारीको लोकसेवा तयारीले सेवाप्रवाह प्रभावित « Khabarhub

कर्मचारीको लोकसेवा तयारीले सेवाप्रवाह प्रभावित


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारी कार्यालयको सेवाप्रवाह प्रभावित बनेको छ । कर्मचारीहरूले कार्यालय समयमा कार्यालयमा नै बसेर परीक्षा तयारी गर्ने र बिदामा बसेर परीक्षाको तयारी गर्दा प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि स्थानीय तहका वडा कार्यालयसम्मका सेवाप्रवाहमा सुस्तता आएको हो ।

सरकारीस्तरमा सक्षम प्रशासन बनाउने दृष्टिकोण नहुँदा यस्तो समस्या आएको प्रशासनविद् तथा पूर्वसचिव भीम उपाध्यायले बताए । उनले भने, ‘निजामति सेवामा रहेको कार्यसम्पादनलाई आधार मान्ने भन्दा पनि परीक्षा प्रणालीलाई मात्र आधार बनाउने संस्कार रहेसम्म यस्तो समस्या समाधान हुन सक्दैन ।’

अहिले निजामति सेवा प्रवेश गर्ने तथा बढुवा हुने समय भएकाले प्रत्येक वर्ष यस्तो समस्या आउने गरेको उनको भनाइ छ । ‘एकपटक परीक्षा उत्तीर्ण भएर आएकालाई जिन्दगीभर परीक्षा दिइरहनुपर्ने प्रणाली दोषपूर्ण छ,’ उनले भने, ‘एकपटक छनोट भएकालाई क्षमता वृद्धि गराउने र कार्यसम्पादनलाई आधार मानेर बढुवा गर्ने संस्कारको विकास गर्नुपर्छ ।’

सेवा प्रवेशको उमेरहद घटाउने तथा अनुभव र कार्यसम्पादनलाई महत्त्व दिन सके यस्तो समस्या नआउने दाबी उनको छ ।

लामो समयसम्म खुल्न नसकेका लोकसेवा आयोग र संस्थानलगायत विभिन्न सरकारी कार्यालयले विज्ञापन आह्वान गरेसँगै कर्मचारी पनि परीक्षामा जुटेकाले यस्तो समस्या उत्पन्न भएको कार्यालय प्रमुखले बताए । संघीयताको पूर्ण कार्यान्वयन भएको र समायोजनपछि ठूलो संख्यामा कर्मचारी आह्वान भएकाले परीक्षाको तयारी गर्ने कर्मचारीको संख्या उच्च रहेको उनीहरूले बताए । सेवाप्रवाहमा आएको सुस्तताका कारण सेवाग्राहीको गुनासो अत्यधिक मात्रामा आउने गरेको दाबी उनीहरूको छ ।

यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने मन्त्रालय, कार्यालय र विभागलाई सेवा प्रवाहमा असर पर्नेगरी कर्मचारीलाई बिदा दिएमा सम्बन्धित कार्यालय प्रमुखलाई कारबाही गरिने जनाएको छ । मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सेवाप्रवाह प्रभावित बनाएर परीक्षा तयारी गर्ने गरेको पाइएमा सम्बन्धित कर्मचारी कारबाहीको भागीदार हुने जनाए ।

‘कार्यालय समय र स्रोतको दुरुपयोग गरी सेवा प्रभावित बनाउने र बिदा नै लिएर सेवा प्रवाहमा असर पुर्‍याउने क्रियाकलाप भएको देखिएमा कर्मचारी र कार्यालय प्रमुखलाई कारबाही गरिनेछ,’ कोइरालाले बताएको राजधानी दैनिकमा खबर छ ।

नियन्त्रण गर्न सक्दैनन् कार्यालय प्रमुखहरू

सेवाप्रवाह नै प्रभावित हुनेगरी कर्मचारीले कार्यालयमै परीक्षाको तयारी गर्दासमेत कार्यालय प्रमुखहरूले नियन्त्रण गर्न नसकेको देखिन्छ । नाम नबताउने सर्तमा एक जना कार्यालय प्रमुखले भने, ‘ट्रेड युनियन र राजनीतिक आस्था बोकेका कर्मचारीका कारणसमेत उनीहरूको क्रियाकलाप नियन्त्रण गर्न सकिँदैन ।’

पूर्वसचिव उपाध्यायले यो समयमा धेरै बढुवा र खुलातर्फको परीक्षाको तयारीमा जुट्दा कार्यालय प्रमुखले सेवाप्रवाहलाई असर नपर्नेगरी बिदा स्वीकृत गर्न सक्ने व्यवस्था रहेको बताए । उनले भने, ‘सबै कर्मचारीले आफ्नो वृत्तिविकास चाहेका हुन्छन्, यसमा कार्यालय प्रमुख मात्रले चाहेर पनि सम्भव हुँदैन ।’

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ७ : १२ बजे

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई