भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै « Khabarhub

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै


१९ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी बेपत्ता भएका आफन्त लामो समयसम्म फेला नपरेपछि परिवारजनले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन् ।

बेपत्ताको अवस्था पत्ता लाग्न नसकेपछि आफन्तजनले हिन्दू धार्मिक परम्पराअनुसार कुशबाट शवको प्रतीक बनाएर पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गर्न थालेका हुन् । पशुपति आर्यघाटमा आज मात्रै सात जनाको कुशको शवको प्रतीक बनाएर अन्त्येष्टि गरिएको घाट सेवा कार्यालयले जनाएको छ ।

बेपत्ता भएको १० दिनसम्म पनि कुनै खबर नआएपछि सिन्धुपाल्चोक(७ का बद्रीकुमार दर्जीले आफ्ना आफन्त ३६ वर्षीय राजकुमार दर्जीको कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् । “भोटेकोशीको बाढीले हाम्रो आफन्त राजकुमार दर्जी बेपत्ता भएको आज १० दिन भयो । अवस्था पत्ता लाग्न नसकेपछि आज कुशको शवको प्रतीक बनाएर अन्त्येष्टि गरेका छौँ”, उनले भने ।

पशुपतिस्थित शव दर्ता कार्यालयका कर्मचारी अनिश सङ्गतका अनुसार भोटेकोशी बाढीमा परी मृत्यु भएका कम्तीमा १६ जनाको भने शव पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बाढीमा परी मृत्यु भएकाको शव दाहसंस्कारका लागि पशुपति क्षेत्र विकास कोषले निःशुल्क व्यवस्था मिलाएको उनले जानकारी दिए ।

बेपत्ता आफन्तको खोजीका क्रममा लामो समयसम्म कुनै जानकारी प्राप्त नभएपछि परिवारजन धार्मिक संस्कार पूरा गर्न बाध्य भएका हुन् । आफन्त फर्केर आउने आशामा दिनरात पर्खिरहेका परिवारले अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार गर्दै मनलाई केही शान्त पार्ने प्रयास गरिरहेका छन् ।

भदौ १० गते भोटेकोशी नदीमा आएको अचानकको ठूलो बाढीका कारण रसुवा, नुवाकोटलगायत आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । बाढीपछि सयौँको सङ्ख्यामा मानिस बेपत्ता भएका छन् भने खोजी तथा उद्धार कार्य पनि जारी छ ।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ८ : १६ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना