मासुमा भन्दा तेब्बर प्रोटिन पाइन्छ यी खानेकुरामा « Khabarhub

मासुमा भन्दा तेब्बर प्रोटिन पाइन्छ यी खानेकुरामा


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि  अनुसन्धान गरे । उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुने पाइएको हो ।

यस्ता खानेकुरामा मासुबाट प्राप्त हुने प्रोटिनभन्दा तीन गुणा बढी प्राप्त हुने अनुसन्धानले देखाएको हो ।

जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो जब कि ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्नेहरूमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो । आखिर ड्राइ फ्रुट्सबाट मुटुलाई स्वस्थ राख्ने केकस्ता तत्व पाइन्छन् त ?

देशी बदाम

यसमा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइनुका साथै क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत पाइन्छ । यसको सेवनले दाँत एवं हड्डी बलियो हुन्छ । फाइबर हुने भएकाले यो बदाम मुटुका लागि समेत राम्रो मानिन्छ ।

काजु

काजुलाई ड्राइ फ्रुट्सको राजा मानिन्छ । आधा मुठी काजुमा ३७४ ग्राम क्यालोरी, ३१ ग्राम चिल्लो, १६ ग्राम कार्बोहाइड्रेट, १० ग्राम प्रोटिनका साथै पर्याप्त मात्रामा भिटामिन के तथा भिटामिन बी ६ पाइन्छ । यसबाट क्याल्सियम, आइरन, फोलेट तथा जिंक पनि पर्याप्त पाइन्छ ।

पेस्ता

पेस्ता स्वास्थ्यका लागि अति उत्तम खाद्यवस्तु मानिन्छ । यसमा प्रोटिनका साथै म्याग्नेसियम, कपर, फोस्फोरस, भिटामिन बी तथा अत्यधिक फाइबर हुन्छ । यसको सेवनले कोलेस्ट्रोल तथा हार्ट अट्याकबाट बचाउँछ ।

बदाम

१०० ग्राम बदामबाट १ लिटर दूधमा पाइने बराबरकै प्रोटिन पाइन्छ । यसमा प्रोटिनको मात्रा २५ प्रतिशतभन्दा बढी हुन्छ । बदामले पाचन शक्ति बढाउन समेत मद्दत गर्छ ।

ओखर

ओखरमा प्रशस्त मात्रामा प्रोटिन, जिंक, भिटामिन ई, भिटामिन ए, फोलेट तथा फोस्फोरस हुन्छ । यसले रगतको कोलेस्ट्रोल कम गरेर मुटुरोग हुनबाट जोगाउँछ । यसमा विद्यमान जिंकले इन्फेक्सन तथा भिटामिन ईले क्यान्सरबाट बचाउँछ । यसले मस्तिष्कको क्षमता बढाउन समेत मद्दत गर्छ भने यसको नियमित सेवनका कारण मानिस गोरो हुँदै जान्छ ।

किसमिस

दाख वा किसमिसको सेवनले रक्त निर्माणमा वृद्धि हुन्छ । यसको नियमित सेवनले वायु, पित्त तथा कफसम्बन्धी तीनै दोषको निवारण गर्छ । यो मुटुका लागि पनि लाभदायक छ । यसमा पर्याप्त मात्रामा आइरन पाइन्छ । एक कप किसमिसमा ५ देखि ६ ग्रामसम्म प्रोटिन हुन्छ ।

अन्जीर

अन्जिरमा प्रोटिनका साथै पर्याप्त मात्रामा क्याल्सियम एवं भिटामिन ए र बी पाइन्छ । यसको सेवनले कब्जियत, एनिमिया, दम, सर्दी, कम्मरको तथा टाउकाको दुखाइ, थाइराइड तथा पाइल्सजस्ता रोगमा लाभ गर्छ । यसको सेवनले शरीरमा तागत दिन्छ । अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि एक अनुसन्धान गरे ।

अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा बढाउँछ । जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो जब कि ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्नेहरूमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ९ : २१ बजे

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान