भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन « Khabarhub

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन


२० भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ ।

चलचित्रको कथासँग प्रत्यक्ष जोडिएको ‘पेन्सन पट्टा’ लाई भारतीय भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई पेन्सन वितरण दूतावासको मिलिटरी पेन्सन शाखाले विशेष चासोका साथ हेरेको जनाइएको छ ।

‘पेन्सन पट्टा’ को ट्रेलर हेरेपछि यसको विषयवस्तुप्रति चासो व्यक्त गर्दै दूतावासको सो शाखाले चलचित्र निर्माण टोलीलाई भेटघाटका लागि निम्तो दिएकामा रसुवागढीको विनाशकारी बाढीका कारण निर्माण पक्षले चलचित्रसम्बन्धी भेटघाट तथा प्रचारप्रसारलाई केही ढिलागरी भएको हो ।

चलचित्रका निर्देशक तथा अभिनेता माओत्से गुरुङले भेटका क्रममा भारतीय दूतावासका कर्मचारीले देखाएको आत्मियताको प्रशंसा गरे । दूतावासका मेजर राहुल झाका अनुसार नेपालमा भारतीय सेना तथा असैनिक (सिभिल) सेवाका गरी एक लाख १९ हजार ५०४ जना पेन्सनभोगी छन् ।

भारत सरकारले नेपालमा रहेका पेन्सनभोगीलाई वार्षिक करिब सात हजार एक सय करोड नेपाली रुपैयाँ पेन्सनबापत पठाउने गरेको छ ।

सो चलचित्र यही भदौ २६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ ।
 

प्रकाशित मिति : २० भदौ २०८३, शनिबार  ६ : ५४ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर