न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै « Khabarhub

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै


२१ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अन्तिम तथा तेस्रो एकदिवसीय खेलमा न्युजिल्यान्ड ‘ए’ विरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। डार्विनको मरारा ओभल मैदानमा जारी खेलमा नेपालले टस जिती ब्याटिङ रोजेको हो।

नेपाल आजको खेलमा न्युजिल्यान्ड ‘ए’ लाई पराजित गर्दै अस्ट्रेलिया भ्रमणको सुखद अन्त्य गर्ने लक्ष्यमा छ। जारी एकदिवसीय शृङ्खलाका अघिल्ला दुवै खेलमा नेपाल पराजित भएको थियो।

यसअघि नेपाल तास्मिनियासँग २ विकेट र दक्षिण अस्ट्रेलियासँग १३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो। आजको खेलका लागि नेपाली टोलीको प्लेइङ-११ मा एक परिवर्तन गरिएको छ। नेपालले नारायण जोशीको स्थानमा विपिन खत्रीलाई मैदान उतारेको छ।

चोटका कारण टोलीका प्रमुख ब्याटर कुशल भुर्तेल आजको खेलमा पनि प्लेइङ-११ बाहिरै रहेका छन्।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ७ : ०४ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर