न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य « Khabarhub

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

पवन सर्राफको ५९ र लोकेश बमको ४७ रन


२१ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले न्युजिल्यान्ड ‘ए’ लाई जितका लागि २ सय १२ रनको लक्ष्य दिएको छ।

डार्विनस्थित मारारा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ११ रन बनाएको हो।

नेपालका लागि अलराउन्डर पवन सर्राफले अर्धशतकीय पारि खेले। उनले ९२ बलमा ६ चौका प्रहार गर्दै सर्वाधिक ५९ रनको योगदान दिए। अर्का ब्याटर लोकेश बमले ६४ बलमा ४ छक्का र १ चौकाको मद्दतमा ४७ रन बनाए। यस्तै कप्तान अनिलकुमार साहले २४, मयन यादवले २० तथा विपिन खत्रीले १२ रन जोडे। बाँकी ब्याटरले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

बलिङतर्फ न्युजिल्यान्डका म्याथ्यू फिसरले ९ ओभरमा ३७ रन दिएर सर्वाधिक ४ विकेट लिए।

अघिल्ला दुई खेलमा तासमानियासँग २ विकेट र दक्षिण अष्ट्रेलियासँग १३८ रनको पराजय व्यहोरेको नेपाली टोली अन्तिम खेलमा न्युजिल्यान्ड ‘ए’ लाई पराजित गर्दै भ्रमणको सुखद अन्त्य गर्ने लक्ष्यमा छ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  १० : ४६ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित