आज २०८३ साल भदौ २२ गते सोमबारको राशिफल « Khabarhub

आज २०८३ साल भदौ २२ गते सोमबारको राशिफल


२२ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६ सेप्टेम्बर ७ तारिख। भदौ कृष्ण पक्षको एकादशी तिथि। अजा एकादशी व्रत ।  निजामती सेवा दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः  

मेष : दिन राम्रो छ । सहकार्यमा गरेको व्यापारबाट नाफा हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने छ।

वृष :  काम बन्ने दिन छ । तपाईंको बोलीको प्रभाव रहने छ। धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सामान्य बन्दा राजनीतिमा घाटा हुनेछ।

मिथुन : शुभ दिन छ। साथीको साथ मिल्नेछ। दैनिक काम सहज बन्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : सम्पत्तिका पछाडि लाग्दा इज्जत गुम्ने जोखिम छ। राजनीतिक क्षेत्रमा ठगले सताउने जोखिम छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। पारिवारिक झमेला हुनेछ ।

सिंह : दिन सामान्य भएकाले हरेक काममा सतर्क रहनुपर्नेछ । व्यवहारमा एकरुपता नहुँदा परिवारमा खटपटी बढ्ने छ। राजनीतिक क्षेत्रमा साथीको साथ मिल्ने छ।

कन्या : समय खर्चालु छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । मन शान्त बन्ने छ। परोपकारको भावना जागृत हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्।

तुला : आज गुम्न लागेको धन हात लाग्नेछ । पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन् । निर्णय गर्ने क्षमता बढ्नेछ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : अनावश्यक यात्रामा खर्च बढ्ने छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल अर्कैले खाने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ।

धनु : दिन राम्रो छ। पुराना रोगबाट छुटकारा पाउने दिन छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा प्रगति हुनेछ।

मकर : दिन सामान्य भए पनि साथीको साथ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षाको नतिजाका लागि केही समय कुर्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : दिन सामान्य छ । सानो कुराले मनमा झन्झट थपिने छ। रोगले सताउने छ। मनमा चिन्ता थपिने छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

मीन : दिन राम्रो छ। लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यका क्षेत्रमा गरेको मिहिनेत सफल बन्ने छ। बोल्दा सोचेर बोल्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  ५ : १३ बजे

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको