नवनियुक्त मन्त्रीहरुले लिए शपथ | Khabarhub Khabarhub

नवनियुक्त मन्त्रीहरुले लिए शपथ


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

विहीवार विहान राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच नव नियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

राष्ट्रपति विद्या भण्डारीले नव नियुक्त मन्त्रीहरुलाई शपथ दिलाएकी हुन् ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम बुधवार साँझ २५ सदस्यीय नयाँ मन्त्रिमण्डलको पुनर्गठन गरेकी थिइन् ।

नयाँ मन्त्रीमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ रहेका छन् ।

त्यस्तै राज्यमन्त्रीमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर रहेका छन् ।

वर्तमान मन्त्रिमण्डलबाट बिदा हुनेमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव छन् ।

त्यसैगरी राज्यमन्त्री धनबहादुर बुढा, रामकुमारी चौधरी र सुरेन्द्रकुमार यादव पनि जिम्मेवारीबाट मुक्त भएका छन् ।

त्यस्तै उपप्रधानमन्त्री उपेन्द्र यादव र कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको एकआपसमा विभागीय मन्त्रालय हेरफेर भई उपप्रधानमन्त्री यादवले कानून र ढकालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हाल्ने छन् । विसं २०७४ फागुन ३ गते ओलीको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ११ : ४८ बजे

स्पेसएक्सद्वारा स्टारशिप रकेटको दशौं परीक्षण उडान सम्पन्न

एजेन्सी – अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो ठूलो क्षमताको ‘स्टारशिप’

सरकारले तत्काल उखु किसानका माग सम्बोधन गर्नुपर्छ : एनपी साउद 

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउनदले आन्दोलनरत उखु किसानका माग

आरन व्यवसायलाई आधुनिक बनाउन सहयोग गर्दै हिलिहाङ

पाँचथर– हिलिहाङ गाउँपालिकाले परम्परागत रूपमा आरन सञ्चालन गरिरहेका १० जनालाई उपकरण

सिँचाइका लागि एक वर्षमा १६ डिप बोरिङ वितरण

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एक वर्षको अवधिमा सिँचाइका लागि १६ वटा

शिक्षक महासंघद्वारा कांग्रेसको पार्टी कार्यालयमा धर्ना

काठमाडौं– नेपाल शिक्षक महासंघले नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा धर्ना दिएका