सामाजिक सञ्जालमा प्रश्न– गोकर्णलाई मन्त्रीबाट किन हटाइयो प्रधानमन्त्री ज्यू ? « Khabarhub

सामाजिक सञ्जालमा प्रश्न– गोकर्णलाई मन्त्रीबाट किन हटाइयो प्रधानमन्त्री ज्यू ?


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको मन्त्री पद गुमेसँगै सामाजिक सञ्जालमा चर्चा चुलिएको छ ।

विष्टको मन्त्री पद गुमेसँगै सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक आलोचना भइरहेको हो ।

विष्टलाई श्रममन्त्रीबाट हटाएर रामेश्वर राय यादवलाई श्रममन्त्रीको नयाँ जिम्मेवारी दिइएको छ ।

श्रम मन्त्रीविष्टले आन्तरिक श्रम बजार, वैदेशिक रोजगारी र अन्य नीतिगत सुधार काम राम्रो काम गर्दागर्दै हटाएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको हो । केपी ओली नेतृत्वको सरकारका राम्रा मन्त्रीको विदाइले सरकारको काम गराइ सपस्ट भएको कतिपयको टिप्पणी रहेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले अन्य केही मन्त्रीसँग तुलना गर्दै उनीहरुले गरेको राम्रो र विष्टले गरेको नराम्रो के हो भन्दै प्रधानमन्त्रीलाई प्रश्नसमेत गरेका छन् ।

२०७४ चैत्र २ गते श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रममन्त्री विष्टले २१ महिना श्रम मन्त्रालय धेरै सुधारका काम सुरु गरेको दाबी गरेका छन् ।

आफ्नो कार्यकालमा आन्तरिक रोजगारी र बैदेशिक रोजगारीलाई सुधार गर्न नीतिगत तथा कानुनी सुधारसंगै व्यवस्थापकीय सुधार भएको दाबी गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  १२ : ०२ बजे

कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी

काठमाडौं– कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले कृषि वन

गोविन्दाको वैवाहिक विवादमा नयाँ ट्विस्ट, ‘अफेयर’ आरोपदेखि कोमलसँगको भेटसम्म

काठमाडौँ – बलिउडका चर्चित अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता

ओखलढुङ्गा–रुम्जाटार सडक कालोपत्र गरिँदै

ओखलढुङ्गा– ओखलढुंगाको रमाइलोडाँडा–रुम्जाटार सडक नौ वर्षपछि पुनः कालोपत्र गरिने भएको

मलको माग उच्च, आपूर्ति न्यून

सुदूरपश्चिम– धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडले यही साउन १ देखि

‘नगर गान’का लागि रचना पठाउन हेटौँडा उपमहानगरको आह्वान

मकवानपुर– हेटौँडा उपमहानगरपालिका नगरको सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक तथा