अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ « Khabarhub

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ


२४ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय बजारमा महंगी बढेको कुराले सरकारलाई चिन्तित बनाएको बताएकी छन्।

बुधबार सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्ने क्रममा उनले बजारमा चिनीको भाउ प्रतिकेजी १५० रुपैयाँ पुगेको आफूले सुनेको बताइन् ।

मन्त्री गौरी कुमारीले नजिकिँदै गरेको दशैं-तिहारसहितका चाडवाडलाई लक्षित गरी आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउने जाने पनि बताइन् ।

‘कालोबजारी रोक्न बजार अनुगमन तीव्र बनाएका छौँ । म अगाडि पनि प्रभावकारी रुपमा जान्छु’, उनले भनिन्, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका १४४ जिल्लाका १९३ स्थानबाट सहुलियतमा सामान बेच्छौँ। नेपाल फुड्स ब्रान्डका खाद्यान्नको विक्रीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएका छौँ।’

उनले चाडपर्वलाई लक्षित गर्दै २५ हजार मेट्रिक टन चिनी ल्याउने तयारी भएको बताइन् । ‘चाडपर्वका लागि २५ हजार मेट्रिक टन चिनी असोजसम्म १ प्रतिशत भन्सार घटाएर ल्याउने तयारी भएको छ’, उनले भनिन्, ‘हामी महंगी नियन्त्रणको कोसिसमा छौँ । कालोबजारी रोक्ने कोसिसका लागि बजार अनुगमन बढाउँछौँ।’

उनले खाद्य संस्थान र साल्ट ट्रेडिङमा १०० रुपैयाँ आसपासमा बेचिएको चिनीको भाउ आकाशिएको कुरा पनि सुनाइन् । ‘चिनीको मूल्य बजारमा आकाशिएको सुनिएको छ। अहिले बजारमा १५० रुपैयाँ प्रतिकेजीमा चिनी बेचिएको सुनिँदैछ’, उनले भनिन्, ‘खाद्य संस्थानाबाट १०९ रुपैयाँ प्रतिकेजीमा बेचिरहेका छौँ। साल्ट ट्रेडिङबाट दुई किसिमको चिनी १०५ र १०९ रुपैयाँ प्रतिकेजीमा बेच्दैछौँ। यो भन्दा बढीमा बेचिएको भेटेमा हामी कारबाही गर्छौँ ।’

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  १ : ४१ बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी