प्रधानमन्त्री राहत कोषमा १२ अर्ब जम्मा भयो « Khabarhub

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब जम्मा भयो


२४ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । 

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रूपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
 
कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रूपैयाँ मौज्दात छ । यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको छ । 

यसअघि बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रूपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ ।  

बाढीपछि सरकारले राहत र पुनस्र्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम सङ्कलन भइ कोषमा दाखिला भएको हो ।
 

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  २ : १० बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी