काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे पूर्व सभामुख महरा « Khabarhub

काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे पूर्व सभामुख महरा


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जवरजस्ती करणी उद्योग (बलात्कार प्रयास)को मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा जिल्ला अदालत काठमाडौं आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका छन् ।

संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको अभियोग लागेका महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको १८ कात्तिकको इजलाशले महरालाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश जारी गरेको थियो ।

अदालतको आदेशानुसार महरा अहिले डिल्लीबजार कारागारको थुनामा छन् ।

महरामाथि जवरजस्ती करण उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अधिकत्तम ७ वर्ष कैद सजायको मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेसँगै महराको पक्षका कानून व्यवसायी रमन श्रेष्ठले उच्च अदालत जाने बताएका थिए ।

मुलुकी फौजदारी कार्यविधी संहिताको दफा ९७३० मा थुनछेक वा तोकिएको धरौट, जमानत वा बैंक जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्ने व्यवस्था छ ।

उच्च अदालत पाटनका प्रवक्ता मोहन सुवेदीले महराको पक्षबाट ७३ नम्बरको निवेदन दर्ता भएको बताए ।

महराले दायर गरेको निवेदन शुक्रबार पेशीमा चढ्ने संभावना रहेको सुवेदीले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ५ : ४४ बजे

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

जोहानेसबर्ग– दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु

बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्यसडक अवरुद्ध

काठमाडौं– बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक अवरुद्ध