काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे पूर्व सभामुख महरा | Khabarhub Khabarhub

काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे पूर्व सभामुख महरा


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जवरजस्ती करणी उद्योग (बलात्कार प्रयास)को मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा जिल्ला अदालत काठमाडौं आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका छन् ।

संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको अभियोग लागेका महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको १८ कात्तिकको इजलाशले महरालाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश जारी गरेको थियो ।

अदालतको आदेशानुसार महरा अहिले डिल्लीबजार कारागारको थुनामा छन् ।

महरामाथि जवरजस्ती करण उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अधिकत्तम ७ वर्ष कैद सजायको मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेसँगै महराको पक्षका कानून व्यवसायी रमन श्रेष्ठले उच्च अदालत जाने बताएका थिए ।

मुलुकी फौजदारी कार्यविधी संहिताको दफा ९७३० मा थुनछेक वा तोकिएको धरौट, जमानत वा बैंक जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्ने व्यवस्था छ ।

उच्च अदालत पाटनका प्रवक्ता मोहन सुवेदीले महराको पक्षबाट ७३ नम्बरको निवेदन दर्ता भएको बताए ।

महराले दायर गरेको निवेदन शुक्रबार पेशीमा चढ्ने संभावना रहेको सुवेदीले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ५ : ४४ बजे

पोखरामा पर्यटक बढेसँगै प्याराग्लाइडिङमा थपियो रौनक

पोखरा – पोखराको आकाशमा यतिबेला प्याराग्लाइडिङको रौनकता छाएको छ ।

नेपालले भारतलाई उसकै घरमा हरायो, सावित्रा एक्लैले गरिन् दुई गोल

काठमाडौं – नेपाली महिला फुटबल टोलीले भारतलाई उसकै घरमा हराएको

अनमोललाई राहत, प्रकाशलाई अर्को झट्का, तक्मे बूढालाई ‘पहिलो गाँसमै ढुङ्गो’

काठमाडौं – यो तिहारलाई लक्षित गरेर चार फिल्म प्रर्दशनमा आए

आन्दोलित नर्सहरूको दुखेसो, ‘पन्ध्र हजार तलबमा कुन मनोबलले काम  गर्नु ?’

निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र