शुक्रबार कुबेर यन्त्रको पूजा गर्नाले मिल्छ धन लाभ (पूजा विधिसहित) | Khabarhub Khabarhub

शुक्रबार कुबेर यन्त्रको पूजा गर्नाले मिल्छ धन लाभ (पूजा विधिसहित)


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देवता मध्येका सबैभन्दा धनी देवताको रुपमा कुबेरलाई लिइन्छ ।

कुबेरको पूजा तथा उपसना गरेमा धन लाभ हुने धार्मिक विश्वास रहेको छ । तपाई धन आर्जन गर्न चाहनुहुन्छ भने भगवान कुबेरलाई खुसी पार्नु जरुरी रहन्छ । कुबेरको पूजा गर्नका लागि सवैभन्दा उत्तम बारका रुपमा शुक्रबार मानिन्छ ।

कुबेर यन्त्रः

तामाको एक प्लेटबाट कुबेर यन्त्र बनेको हुन्छ । त्यो नै कुबेर यन्त्र हो । जीवनमा सुखी, सम्पन्न र ऐश्वर्या प्राप्त गर्नको लागि कुबेर ७२ अंकलाई शुभ मानिन्छ । यस्तो यन्त्रलाई आफ्नो घर, अफिस तथा पसलहरुमा राख्न सकिन्छ ।

ख्याल राख्नुपर्ने कुराः

कुबेर यन्त्र हरेक पटक आफ्नो आँखाले देख्ने गरी राख्नुपर्छ ।  यसको मुख उत्तर वा पूर्वी दिशामा फर्काएर राख्ने गर्नुपर्छ । हरेक बिहान पुजा गर्दा सुगन्धित धुप बाल्नुपर्ने हुन्छ । जसले गर्दा घरमा सकारात्मक उर्जा प्रदान गर्छ र नकारात्मक उर्जा हटेर जान्छ ।

कुबेर यन्त्रको पूजा गर्दा भगवान कुबेरको मन्त्र जप गर्नुपर्छ । ॐ श्रीं ह्रीं क्लीं श्रीं क्लीं वित्तेश्वराय नमः॥ यो मन्त्र हरेक बिहान २१ या १०८ पटक जप गर्नुहोस् ।

पुजा सामाग्रीः धनका देवताको रुपमा पूजिने कुबेरको पूजा गर्दा हल्दी, जल, उखु, कुबेर यन्त्र, पहेलो बस्त्र, कलश, आँपको पात, पुष्प अक्षता, चन्दन, कुमकुम, पीपलको पात, सुपारी, दीप, घ्यू, तेल, दही, धूप, आदि आवश्यकता पर्छ ।

कसरी गर्ने पूजाः

शुक्ल पक्षको कुनैपनि शुक्रबार रात्रिमा कुबेरको पूजा शुभारम्भ गर्नुपर्नेछ । भोलिपल्ट बिहान काममा जानु भन्दा अगाडि कुबेरको आशिक लिएर घरबाट निस्किएमा तपाईलाई दिन सुखमय बित्नेछ भने धन प्राप्ति हुने योग बन्ने विश्वास गरिन्छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १० : ४० बजे

अझै बनेन धुलिखेल–खावा सडक

काठमाडौं– काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल–खावा सडक समयमै निर्माण नहुँदा यात्रुहरूले सास्ती

पालिकाको अनुदानमा किसानलाई यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा ५३ वटा

भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई भूमि समस्या समाधान आयोगका पदाधिकारीले

तीनै तहका सरकारले अनावश्यक खर्च गर्नु हुँदैन : डा प्रकाशशरण महत

काठमाडौं– नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका नेपाली कांग्रेसका

प्रतिपक्षीले विरोध जनाए पनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुन्छ : सभामुख

काठमाडौं– भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले विरोध जनाए पनि प्रतिनिधिसभाको बैठक