रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने  « Khabarhub

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार संसदीय समिति गठन गर्ने तयारी भएको हो । 

उनका अनुसार आज या भोलि नै संसदय समिति बन्दैछ । संसदीय विशेष समिति बनाउन लागिएको जानकारी दिँदै बुर्लाकोटीले भने, ‘ संसदीय दलको नेता उपनेता प्रमुख सचेतक, सचेतक लगायतका व्यक्तिहरू सरिक बनाएर समिति गठन हुन्छ। सदनमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई यो समितिमा ल्याइन्छ ।’

नेपाल चिन सिमानास्थित रसुवामा गएको बाढीका कारण थुप्रै जनधनको क्षति भएको छ। भदौ १० गते गएको बाढीका कारण अहिलेसम्म पनि त्यहाँ उद्धार कार्य र शव खोज्ने काम जारी छ । 

यसै सन्दर्भलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसमेत गठन भएको छ । जसमा रवि लामिछाने समितिको संयोजक छन् । 

राजनीति संयन्त्रमा भने सत्ता भन्दा बाहिरका पार्टीहरूलाई पनि सामेल गराइएको छ जसमा सिके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय जनमोर्चा सहित अरु पार्टीहरूलाई पनि संलग्न गराउन लागिएको हो।
 

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  १ : ०० बजे

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी–  आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ