अब नेपालमै सिसाको ‘दृश्य स्तम्भ’ « Khabarhub

अब नेपालमै सिसाको ‘दृश्य स्तम्भ’


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मंसिर – तनहुँको बन्दीपुर गाउँपालिकास्थित टुँडिखेलमा सिसाको ‘दृश्य स्तम्भ’ निर्माण गरिने भएको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनमा थप योगदान पुर्याउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सिसाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गर्न लागेको हो ।

बन्दीपुरको टुँडिखेलमा निर्माण गरिने सिसाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि करिब तीन करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । जमीनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ ।

गाउँपालिकाका अध्यक्ष थापाले पर्यटनका लागि यसले ठूलो योगदान दिनेछ भन्ने अपेक्षा गरिएको दृश्यावलोकन स्तम्भबाट मनोरम दृश्यावलोकनका लागि दूरबिनको समेत व्यवस्था मिलाइनेछ । एकपटकमा १५ जनाले अवलोकन गर्न मिल्ने उक्त दृश्यावलोकन स्तम्भको हाल डीपीआर निर्माण भइरहेको छ । एक हप्ताभित्र डिपिआरको काम सकिने र टेन्डरको प्रक्रिया अगाडि बढाइने थापाले जानकारी दिए ।

बन्दीपुरमा प्रत्येक वर्ष घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । गत वर्ष मात्रै एक लाख ५० हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेका थिए । बन्दीपुर घुम्न आउनेमध्ये ८० स्वदेशी र २० प्रतिशत विदेशी पर्यटक छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले दृश्यावलोकन स्तम्भ निर्माणपछि अझ यो सङ्ख्या बढ्ने अनुमान गरिएको बताए ।

यहाँ घुम्न आउने विदेशी पर्यटकमध्ये अमेरिका, थाइल्यान्ड, चीन, भारत, कोरिया र युरोपियन मुलुकका धेरै रहेका छन् । जाडो मौसम शुरु भएसँगै यतिबेला बन्दीपुरमा पर्यटकको भीड लागेको छ । बन्दीपुरमा हाल हिमालय दरबार, ग्रिनपार्क, फेवा, गाउँ घर, वल्र्ड इन, बन्दिपुर प्यालेस, मगर भिजेललगायत साना–ठूला गरी ५७ वटा होटल तथा २२ वटा होमस्टे सञ्चालनमा छ । ती सबै होटलमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० पर्यटकले रात बिताउन सक्छन् ।

बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको र पुराना घरहरु भएकाले पनि विदेशीहरु आकर्षित हुने गरेका छन् । यहाँ रहेका परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको व्यवसायीको भनाइ छ ।

पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा रहेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे« धौलागिरि लगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १२ : ५७ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या