‘जेन-जी’ आन्दोलनमा क्षतिग्रस्त बनेपा नगर भवन पुनःनिर्माण नहुने, बहुप्राविधिक शिक्षालयबाट थालियो सेवा « Khabarhub

‘जेन-जी’ आन्दोलनमा क्षतिग्रस्त बनेपा नगर भवन पुनःनिर्माण नहुने, बहुप्राविधिक शिक्षालयबाट थालियो सेवा


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिकाको सेवा–प्रवाह आजदेखि बहुप्राविधिक शिक्षालयबाट सुरु भएको छ ।

‘जेन-जी’ आन्दोलनका क्रममा तोडफोड एवं आगजनीबाट क्षति भएको नगरपालिका भवन पुनः निर्माण नहुने भएपछि आजदेखि नेपाल बनेपा बहुप्राविधिक शिक्षालयबाट सेवा सञ्चालन गरिएको हो । 

नगरले आजदेखि नियमित सेवाप्रवाह शिक्षालयको प्रशासनिक भवनबाट सुरु भएको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले जानकारी दिइन् ।  

जेन-जी आन्दोलनका क्रममा कार्यालयमा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको नगर कार्यालयले गरेको प्राविधिक मूल्याङ्कनमा उल्लेख छ । उक्त आन्दोलनमा जिल्लाका १३ स्थानीय तहमध्ये बढी बनेपा नगर कार्यालयमा क्षति पुर्‍याइएको थियो । 

यसअघि पुलबजारस्थित–१० नं वडा कार्यालयबाट नगर कार्यालय सञ्चालन गरिएको थियो । गत असार ३२ गते नगरको १८औँ नगरसभाको निर्णय बमोजिम शिक्षालयको प्रशासनिक भवनबट सेवा प्रवाह गरिने बताइन् ।
 
नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले शिक्षालयको नियमित शैक्षिक गतिविधिमा कुनै अवरोध नपुर्याइ नगरको प्रशासनिक कार्यालय सञ्चालन गरिने स्पष्ट पारे ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १२ : २९ बजे

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि