ग्वाङ्दोङ- दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको कपडा कारखानामा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
स्थानीय अधिकारीका अनुसार आइतबार दिउँसो करिब ३ बजे कारखानामा आगलागी भएको हो। आगलागीको सूचना प्राप्त हुनासाथ उद्धार तथा राहत टोली परिचालन गरिएको थियो।
घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
आगलागीको कारणबारे पनि तत्काल कुनै जानकारी सार्वजनिक गरिएको छैन। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ।













प्रतिक्रिया